कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि गौमती माविलाई

RadioSiddhababa

सिन्धुली, माघ २९, २०८१ मंगलबार ।


कमलामाई नगरपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि गौमती माविले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ संचालन भएको प्रतियोगितामा विभिन्न खेलहरूमा स्वर्ण, रजत र काश्य पदकहरू जित्दै गौमति माविले तेस्रो राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।


यस्तै प्रतियोगितामा सिद्वस्थलि इङ्लिस बोर्डिङ स्कुल दोस्रो र शिखर मावि मरिण बेल्टार तेस्रो भएको कमलामाई नगर खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिताका विजयी टिमलाई कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गर्नुभएको छ ।


प्रतियोगिताको अवसरमा नगर प्रमुख पोख्रेलले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै युवा खेलाडीहरुले आफ्नो प्रतिभालाई अझै निखार्ने मौका पाउन सकुन् भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ । खेलकुदले समाजलाई एकताबद्ध गर्न र जीवनशैलिलाई स्वस्थ राख्न महत्वपुर्ण भुमिका खेल्ने उहाँको भनाई छ ।


प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, कराँते आदि खेलहरु प्रस्तुत गरीएको थियो । प्रत्येक खेलमा खेलाडीहरूले आफ्नो क्षमता र कौसल प्रदर्शन गरेका कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापाले बताउनसभयो ।


गत शुक्रबार बाट सुरु भएको प्रतियोगितामा कमलामाई नगरपालिकाका सरकारी तथा निजी गरी ३६ विद्यालयको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम

सिन्धुली, फागनु १३, २०८१ मंगलबार । सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद

RadioSiddhababa

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कमलामाई नगरपालिका प्रथम

सिन्धुली, फागुन ८, २०८१ बिहिबार । सिन्धुली जिल्ला स्तरिय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ ।

RadioSiddhababa

सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा

सिन्धुली, फागुन ५, २०८१ सोमबार । सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान