हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिन्धुली, फागुन २६, २०८१ सोमबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङको अध्यक्षतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको हो ।
हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा रिभा डेभलपमेन्ट सर्पोट सर्भिसेस प्रालि भक्तपुरको प्राविधिक सहयोगमा हरिहरपुरगढी गाउँपालिकाभित्रका जनप्रतिनिधि र शाखा प्रमुख कर्मचारीहरुलाई लक्षित गर्दै प्रशिक्षणको आयोजना गरिएको हो ।
कार्यक्रम उद्धघाटनको अवसरमा हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि तालिम जनप्रतिनिधि र कर्मचारीहरुको लागि महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले तालिम लिईसकेपछि कार्यान्वय गर्न आग्रह गर्नुभएको छ । तालिम लिने तर पुरानै लयमा ढल्ने हो भने यस्ता तालिमको महत्व नभएको उहाँले बताउनुभयो ।
नीति नियम अनुसार प्रक्रिया पु¥याएर काम गर्न सकेमा बेरुजू समेत घट्दै जाने भएकोले वडा अध्यक्षहरु र कर्मचारीहरुले तालिमलाई महत्वपुर्ण रुपमा लिनुहुने छ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका लेखा अधिकृत राम बहादुर बस्नेतले सार्वजनिक खरिद कानुन र यसको अभ्यासको विषयमा सहजिकरण गर्नुभएको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस