सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

RadioSiddhababa

सिन्धुली, बैशाख २४, २०८२ बुधबार । 


सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला दोभानको खड्कुलेदहमा पौडी खेल्ने क्रममा डुबेर १६ बर्षीय किशोर प्रदिप देवकोटाको मृत्यु भएको हो ।


आज (बुधबार) दिउँसो १२ः५० को समयमा ग्वाङखोला दोभानको खड्कुलेदहमा साथीहरु सँग पौडी खेल्न गएका देवकोटा दहमा डुबेका थिए । दहमा डुबेर घाईते भएका देवकोटालाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएकोमा १३ः१५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।


गोलन्जोर गाउँपालिका ७ खुर्कोट घर भएका किशोर कमलामाई नगरपालिका ७ बुद्धनगरमा  मामा उत्तम पहाडीको घरमा बसि सिद्धबाबा बोडिङ स्कुलको कक्षा ९ मा अध्ययनरत थिए । घटनको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा