हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा संचालन हुने शिविरको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्घाटन गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकाको आयोजना तथा काठमान्डौँको नेपाल आँखा अस्पताल र ओम चाबहिल डेन्टल प्रालिको विशेषज्ञ डाक्टरहरुको प्राविधिक सहयोगमा आजबाट सुरु भएको शिविर २५ गते सम्म सञ्चालन हुने छ ।
शिविरमा आँखा विशेषज्ञ डाक्टर द्धारा आँखा जाँच, मोतियाबिन्दुको बिरामीको पहिचान गरी तत्काल शल्यक्रिया, निःशुल्क चस्मा तथा औषधी वितरण गरिने गाउँपालिकाले जनाएको छ । त्यस्तै दन्त विशेषज्ञ डाक्टर मार्फत दाँत परिक्षण, सफाई गर्नुका साथै दाँत निकाल्ने, निःशुल्क औषधी वितरण तथा परामर्श प्रदान गरिने छ ।
शिविर उद्धघाटन कार्यक्रमको अवसरमा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले भौगोलिक विकटता, जटिलता तथा आर्थिक अभावका कारण आँखा र दन्त जाँचबाट वञ्चित नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभएको छ । आँखा तथा दन्तको सामान्य देखि जटिल रोग परिक्षणको लागि अन्य ठाउँ जाँदा जनताले सास्ती खेपिरहनुपरेको बताउँदै उहाँले जनतालाई स्थानीय सरकारले अभिभावकत्व वहन गर्ने गरी काम गरेको बताउनुभयो । गाउँपालिकाले जनस्वास्थ्यलाई प्राथमिकता दिदै विभिन्न कार्यक्रम सन्चालन गरेको उहाँको भनाई छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कमल कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर भोलन, ५ नम्बर वडाका अध्यक्ष साइला लामा, १ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ लगायतको उपस्थिती रहेको थियो ।

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना
सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न
नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए
सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा
प्रतिकृया दिनुहोस