कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

RadioSiddhababa

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार ।


सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को दलित शीर्षकमा वडा बाट विनियोजित २ लाख बजेट अन्तर्गत वडाका विपन्न तथा दलित परिवारलाई ट्याङ्की वितरण गरिएको हो । 


कमलामाई नगरपालिका ४ को पोख्रेलगाउँ खानेपानी योजनामा आवद्ध दलित समुदाय र कुडुले शिखर खानेपानी योजनामा आवद्ध दलित तथा विपन्न परिवारलाई ट्याङ्की वितरण गरिएको कमलामाई नगरपालिका ४ का वडा सचिव रविन तामाङले जानकारी दिनुभयो । आज पोख्रेलगाउँका १४ परिवार र कुडुलेका १४ परिवार गरि २८ परिवारलाई ट्याङ्की वितरण गरिएको उहाँको भनाई छ । 


ट्याङ्की वितरण कार्यक्रमको अवसरमा वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालले कमलामाई नगरपालिकाको समृद्ध नगर खुशी नगरबासी बनाउने संकल्प अनुसार बिशेष गरि विपन्न तथा दलित परिवारमा आधारभुत आवश्यकताका कुराहरु पूर्ण गराउनको लागि पनि खानेपाटीको ट्याङ्की वितरण गरिएको बताउनुभएको छ । 
पानी मानीसलाई नभइ नहुने कुरा भएकाले यसलाई प्राथमिकतामा राखेर पानी संकलन गर्नको लागि ट्याङ्की वितरण गरिएको उहाँको भनाई छ । 


बिशेष गरि पानीको अभाव भएको ठाउँमा सुख्खा मौसममा पानी संकलन तथा जोहो गर्नको लागि यसले मदत गर्ने अध्यक्ष ढकालले बताउनुभयो । वडाले वितरण गरेको ट्याङ्कीको संरक्षण गर्दै सहि सदुपयोग गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा वडा सदस्य शिव कुमारी रायमाझी, आकाश श्रेष्ठ, धन कुमारी श्रेष्ठ, गोरी माया सर्किनी, वडाका कर्मचारी स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा