तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

RadioSiddhababa

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार ।


हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा लिएका छन् । वैशाख २३ देखि २५ गतेसम्म सञ्चालित शिविरमा एक हजार तीन जनाले आँखा तथा दाँतको सेवा लिएका हुन् । शिविरमा ५ सय ५६ जना आँखा र ४ सय ४७ जनाले दाँतको सेवा लिएका छन् । आँखाका बिरामीमध्ये ६५ जनाको शल्यक्रिया गरिएको छ ।

 

आँखामा मोतियाबिन्दु भएका उनीहरुको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. दिवा हमाल लामिछाने नेतृत्वको टिमले शल्यक्रिया गरेको हो । यस क्रममा शल्यक्रिया सहित आवश्यक औषधि र चश्मा लगायत सामग्री निःशुल्क वितरण गरिएको छ । शिविरमा १० वर्ष देखि १०० वर्ष सम्मका नागरिकको आँखा परीक्षण गरिएको छ ।


जन्मेदेखि नै दुवै आँखा नदेखेका तथा एउटा आँखा कम देख्नाले दैनिकी नै असहज भएका बिरामीहरु शल्यक्रिया पश्चात राम्रोसँग आँखा देख्ने भएका छन् । आर्थिक अभावका कारण विशेषज्ञ डाक्टर भएको अस्पताल सम्म पुग्न नसकी अँध्यारोमै जीवन बिताइरहेका बिरामीहरुले गाउँमै आँखाको शल्यक्रिया गर्न पाएपछि खुसी व्यक्त गरेका छन् । 


नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा. लामिछानेले २०५४ सालबाट ग्रामीण बस्ती लगायत विकट क्षेत्रमा  शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले नागरिकलाई सहज वातावरणमा सेवा प्रदान गर्न स्थानीय जनप्रनिधिले लिएको अग्रसरताको प्रशंसा समेत गर्नुभयो । शिविर व्यवस्थापन र बिरामीको सेवामा गाउँपालिका अध्यक्ष सहितको टिमले गरेको काम उदाहरणीय भएको उहाँको भनाइ छ । 


हरिहरपुगढी गाउँपालिकाको आर्थिक सहयोगमा ओम चाबहिल डेण्टल हस्पिटल र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा दाँत तथा आँखाको संयुक्त शिविर आयोजना गरिएको हो । शिविरको उद्घाटन वैशाख २३ गते गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गर्नुभएको थियो । पालिकाबासीलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य पु¥याउने अभियान अन्तर्गत निःशुल्क दाँत तथा आँखा शिविर आयोजना गरिएको अध्यक्ष वाइबाले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।

RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला