सिन्धुलीमा पहिलो पटक गायक राजु लामाको सांगीतिक प्रस्तुती रहने

RadioSiddhababa

सिन्धुली, बैशाख २०, २०८२ शनिबार ।


सिन्धुलीमा पहिलो पटक गायक राजु लामा सांगीतिक प्रस्तुतीको लागि आउनुहुने भएको छ । सिन्धुलीमाढीमा संचालित फुड फेस्टिवलमा मंङ्गोलियन हार्ट गायक राजु लामा आफ्नो सांगीतिक प्रस्तुतीको लागि आउन लाग्नु भएको हो । 


बैशाख ११ गते देखि संचालन भइरहेको फुड फेस्टिवलमा बैशाख २१ गते मंङ्गोलियन हार्टको लाइभ कन्सर्ट हुने छ । आफ्ना सांगीतिक प्रस्तुती लिएर देश तथा बिदेश पुग्नु भएका लामा सिन्धुलीमा भने पहिलो पटक सांगीतिक प्रस्तुतीको साथमा आउन लाग्नुभएको हो ।

 

राजु लामा नेपालका प्रख्यात गायक हुन् । उहाँ सांगीतिक समुह मङ्गोलियन हार्टको प्रमुख गायक हुनुहुन्छ ।उहाँले तिमीलाई देखेर, हल्ला चलेछ, पर्खाइमै भिज्यो सिरानी, सायद तिम्रो बाटोमा जस्ता अनेक लोकप्रिय गीतहरू गाउनुभएको छ ।


ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीले आयोजना गरेको “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” मा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुले सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका