“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

RadioSiddhababa

 

सिन्धुली, माघ १५, २०८० सोमबार ।


सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका स्तरिय प्रतियोगि छनोट कार्यक्रम सम्पन्न भएको छ । माघ २ गते हरिहरपुरगढी गाउँपालिका बाट सुरु भएको पहिलो चरणको कार्यक्रम ९ वटै पालिकाको प्रतियोगि छनोट गर्दै आज सम्पन्न भएको हो । 


पहिलो चरण अन्तर्गत प्रतियोगिताको अन्तिम कार्यक्रम आज कमलामाई नगरपालिका स्तरिय कार्यक्रम वडा नंं. ५ को जनज्योति माविमा आयोजना गरिएको छ । कमलामाई नगरपालिका भित्रका ८ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रतियोगिताको दोस्रो चरणका लागि गायन र नृत्य दुबै तर्फ समय पाठशाला छनोटमा परेको छ । 


त्यस्तै जिल्ला स्तरिय दोस्रो चरणका लागि दुधौली नगरपालिका बाट गायन र नृत्य तर्फनै सरस्वती मावि डकाह, गोलन्जोर गाउँपालिका बाट नृत्य तर्फ प्याराडाइज इंग्लीस बोर्डिङ स्कुल, गायन तर्फ कौशीका मावि ग्वालटार, फिक्कल गाउँपालिका बाट गायन तर्फ प्राकोशदय मावि खुरहरी, नृत्य तर्फ जनजागृति मावि ढोडेनी छनोट भएका छन् । 


त्यस्तै सुनकोशी गाउँपालिका बाट गायन र नृत्य तर्फ नै प्रगतीशिल सेकेन्डरी स्कुल, घ्याङलेख गाउँपालिका बाट गायन तर्फ मावि अमले र नृत्य तर्फ मावि हायुटार, मरिण गाउँपालिका बाट गायन तर्फ कपिलाकोट मावि, नृत्यतर्फ मावि मरिण खयरसाल, हरिहरपुरगढी गाउँपालिका बाट गायन र नृत्य तर्फ जनहित मावि बोटेनी र तिनपाटन गाउँपालिका बाट गायन तर्फ मावि लाम्पान बतासे र नृत्य तर्फ चम्पादेवि मावि गडम्रे छनोटमा परेका छन् । 


विद्यार्थीहरुको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक रुपमा सिक्नको लागि र बिद्यालय स्तरबाटनै लोक संस्कृतीको विकासमा सघाउ पु¥याउने उदेश्यले जिल्लामै पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीले सिन्धुली लोक स्टार सिजन १ आयोजना गरेको हो ।


प्रतियोगिताको दोस्रो चरण अर्थात ग्राण्ड फिनाले माघ २७ गते शनिबार (सोनाम ल्होछार) को दिन सिन्धुलीमाढीको खुल्लामञ्चमा हुने आयोजकले जनाएको छ । जसमा पहिलो चरणको कार्यक्रम पालिका स्तरिय बाट छनोट भएका ९ उत्कृष्ठ नृत्य र ९ उत्कृष्ठ गायन प्रतियोगिहरुका बिच प्रतिष्पर्धा गराइने छ ।


प्रतियोगिता बाट एक जना नृत्य र एक जना गायन लाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने वारियर डान्स सेन्टर सिन्धुलीका सन्चालक तथा कार्यक्रम संयोजक सन्तोष नेपालीले जानकारी दिनुभयो । सिन्धुली लोक स्टार सिजन १ को पुरस्कार नृत्य तर्फ ५० हजार र गायन तर्फ ५० हजार गरि १ लााख रहेको घोषणा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका