बालमैत्री वडा घोषणा उन्मुख हुदै दुधौली नगरपालिका ६ हर्षाही

सिन्धुली, जेठ १७, २०८२ शनिबार ।
सिन्धुलीको दुधौली नगरपालिकाले वडा नंं ६ हर्षाही लाई २०८२ माघ महिना भित्रमा बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने लक्ष्य लिएर सुचक पुरा गर्न विभिन्न कार्यक्रमहरु संचालन गरेकोे छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम समुदाय, टोल तथा वडामा बालमैत्री स्थानीय शासनका सुचकहरु पुरा गर्नको लागी वडा तथा समुदाय स्तरमा तालिम, अभियान तथा अभिमुखीकरण कार्यक्रम संचालन भईरहेको वडा स्तरिय बाल अधिकार समितिको संयोजक प्रेम बहादुर लामाले जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणाको ५ चरण मध्य पुर्व तयारी चरण र तयारी चरणका सुचकहरु पुरा गरी हाल कार्यान्वयन चरणमा पुगेका छन् । कार्यान्वयन चरणका सुचकहरु पुरा गर्न वडामा ७ वटा समुदाय स्तरीय टोल सुधार समिति गठन गरी बाल अधिकार, बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन तथा समुदायका सबै अभिभावकहरुले बाल विवाह, बाल श्रम नगर्ने नगराउने प्रतिवद्धता सहित हस्ताक्षर संकलन समेत गरीएको छ ।
त्यस्तै समुदाय स्तरमा ९ र विद्यालय स्तरमा ४ गरी जम्मा १३ वटा बाल क्लव गठन गरी क्षेमता विकास तालिम संचालन गरीएको छ । बाल क्लवको अगुवाइमा बाल अधिकार सुनिश्चित गर्ने र बाल विवाह न्यूनिकरणको लागी अभियान संचालन भईरहेको छ । साथै बाल क्लवको अगुवाईमा विद्यालय बाहिर रहेका बालालीकाहरुलाई पुनः विद्यालय भर्ना अभियान संंचालन गरी समुदायका केही बालबालीकाहरुलाई विद्यालय भर्ना गराएको बाल क्लवका अध्यक्ष ओम प्रसाद बरालले जानकारी दिनुभयो ।
शिक्षा, स्वास्थ्य लगाएको सुचकहरु पुरा भए पनी वडाको मुख्य समस्या बाल विवाह र विद्यालयबाहिर रहेको बालबालीकाको संख्या न्यूनिकरण गर्न नसक्दा वडालाई बालमैत्री वडा घोषणा गर्न समस्या भएको हो । यस सुचकलाई पुरा गर्न बाल क्लव, बाल संञ्जाल, टोल सुधार समिति, वडा स्तरिय बाल अधिकार समितिलाई सक्रिय बनाई विभिन्न कार्यक्रमहरु संचालन गरीएको छ । साथै वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियान विगत २ वर्ष देखी संचालन गरी रहेको हुदा हाल शिक्षा, स्वास्थ्य, सरसफाईको सुचकहरु ९० प्रतिशत सम्म पुरा भईसकेकोले वडालाई २०८२ सम्ममा बालमैत्री वडा घोषणा गरी सक्ने वडा अध्यक्ष कमान सिं आलेले जानकारी दिनुभयो ।
बालमैत्री स्थानीय शासनका ५१ सुचकहरुलाई मध्यनजर गर्दै बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकासको आधारमा रहि वडा तथा पालिकाको योजना अनुसार कार्यक्रम संचालन भईरहेको छ । वडा स्तरिय बाल अधिकार समितिको निर्णय अनुसार बालबैत्री स्थानीय शासनका ५१ सुचकहरु ७० देखी ७९ प्रतिशित पुरा भएमा वडालाई बालमैत्री उन्मुख वडा घोषणा गर्न सकिने भएकोले हाल वडालाई बालमैत्री उन्मुख वडा भईसकेको छ ।
नेपालको शासकीय पद्धति र सेवाप्रवाहका सम्बन्धमा बालबालिकाका सवालहरू सम्बोधन गर्न आवश्यक ठानी विगत लामो समयदेखि नेपालमा बालबालिकाको अधिकारलाई प्रत्याभूत गराउन तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न दुधौली नगरपालिका र ह्याण्डस नेपाल सिन्धुलीले समुदाय तथा वडा स्तरमा विभिन्न कार्यक्रमहरु संचालन हुदै आएको छ । वडालाई बालमैत्री वडा घोषणा गर्नको लागी प्लान इन्टरनेशनल नेपाल र ह्याण्ड्स नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बालमैत्री स्थानीय शानस सम्बन्धि कार्यक्रहरु संचालन भईरहेको छ ।

सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम समयमै सक्न सरकारले आवश्यक छलफल गर्छ ः मन्त्री खड्का
सिन्धुली, जेठ १८, २०८२ आइतबार । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राष्ट्रिय गौरबको आयोजना सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माणको काम

सुनकोसी मरिण डाइभर्सनको ड्यामनिर्माण कार्य निकै सुस्त
सिन्धुली, जेठ १८, २०८२ आइतबार । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको सुनकोसी मरिण डाइभर्सनको ड्याम निर्माण कार्य निकै सुस्त भएको छ । ठेक्का लागेको

सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन
सिन्धुली, जेठ १८, २०८२ आइतबार ।। सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज
प्रतिकृया दिनुहोस