सिन्धुली अस्पतालमा ५ सय १ जना महिलाको स्वास्थ्य परीक्षण गरियो

RadioSiddhababa

सिन्धुली, बैशाख २०, २०८२, शनिबार ।


सिन्धुली अस्पतालमा महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । सिन्धुली अस्पताल संग समन्वय गरि भक्तपुर क्यान्सर अस्पतालले एक दिने शिबिरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरिएको छ । 


रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर संचालन गरिएको सिन्धुली अस्पताल संचालक समितीका अध्यक्ष सतिश चन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ५०१ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ४ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको छ ।

 

नेपालमा यस प्रकारको क्यान्सर वाट दैनिक ३ देखि ४ जनाको मृत्यू हुने गरेको पाइएको छ । शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसे लगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका ४ का दलित तथा विपन्न परिवारलाई पानीट्यांकी वितरण

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं. ४ मा रहेका विपन्न दलित परिवारलाई निःशुल्क पानीट्याङ्की वितरण गरीएको छ ।

RadioSiddhababa

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु

सिन्धुली, बैशाख २४, २०८२ बुधबार ।  सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु 

सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर