रानीचुरी स्वास्थ चौकीलाई जग्गा प्रदान गर्ने जग्गादाता लाई सम्मान

सिन्धुली, फागुन २५, २०८१ आइतबार ।
स्वास्थ्य चौकीलाई जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई कमलामाई नगरपालिकाले सम्मान गरेको छ । कमलामाई नगरपालिका ११ स्थित रानीचुरी स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई नगरपालिकाले आइतबार एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
कमलामाई नगरपालिका–११ का नर बहादुर गुर्मछानका छोरा बाल बहादुर गुर्मछानले तीन कठ्ठा र शमसेर बहादुर आलेका छोरा गणेश बहादुर आलेले दुई कठ्ठा गरी कुल पाँच कठ्ठा जग्गा २०७४ साल भदौ ४ गते रानीचुरी स्वास्थ्य चौकीलाई प्रदान गर्नुभएको हो थियो ।
जग्गादाताको यो सराहनीय कार्यको उच्च कदर गर्दै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जग्गादाताहरूलाई सम्मान सहित विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ । साथै स्वास्थ्य चौकीमा जग्गादाता हरुको नाम शिलालेख राखीएको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस