सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा

सिन्धुली, फागुन ५, २०८१ सोमबार ।
सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान गर्ने उद्धेश्यले जिल्ला स्तरमा महोत्सवकै रुपमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । महोत्सवको स्थानिय तहमा बिजेता बनेका उत्कृष्ट खेलाडीहरुलाई समेट्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउने खेलाडी उत्पादन गर्ने उद्धेश्य रहेको सिन्धुली खेलकुद विकास समितिले जनाएको छ ।
खेलकुद एउटा जित र हारको प्रतियोगिता मात्र नभएर देश कै पहिचान बनाउने माध्यम भएकाले जिल्लामा सर्वपक्षिय साथ र सहयोगमा खेलकुद महोत्सवको आयोजना गरिएको हो । जिल्लाका नौ वटै पालिका मार्फत बर्षेनी खेलकुद प्रतियोगिता भईरहेपनि त्यसको दायरा कम हुने भएकाले सबै स्थानिय तह तथा जिल्ला स्थित सरोकारवाला कार्यालयको सहयोग र समन्वयमा प्रतियोगिताको आयोजना गरिएको अयोजकको भनाई छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलले यस खेलकुद महोत्सवमा आवश्यकीय बजेट प्रदान गरी खेल र खेलाडीको विकास गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री महर्जनले अघिल्लो सरकारले बजेट ल्याएका कारण मन्त्रालयमा अहिले आवस्यक बजेट नभएको बताउनुभयो । जिल्लामा यस्ता कार्यक्रम गर्न भौतिक पुर्वाधारको पनि उत्तिकै महत्व हुने भए पनि जिल्लामा आवश्यक संरचनाको विकास गर्न नसकिएको बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जन र मातृका भट्टराईले धारणा राख्नुभयो ।
यता जिल्लामा यसरी कार्यक्रम गर्दा खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादन हुने भएकाले उक्त कार्यक्रमका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गरिने जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले बताउनुभयो । १३ गते सम्म सञ्चालन गरिने प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स, म्याराथन, र बक्सिङ गरी १० वटा खेल हुने कार्यक्रममा जानकारी गराइउको थियो ।

सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम
सिन्धुली, फागनु १३, २०८१ मंगलबार । सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कमलामाई नगरपालिका प्रथम
सिन्धुली, फागुन ८, २०८१ बिहिबार । सिन्धुली जिल्ला स्तरिय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ ।

फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम
सिन्धुली, फागुन १, २०८१ बिहिबार । फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल
प्रतिकृया दिनुहोस