सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम

RadioSiddhababa

सिन्धुली, फागनु १३, २०८१ मंगलबार ।


सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद भन्ने नारा सहित यहि फागुन ८ गते बाट सुरु भएको खेलकुद महोत्सवको आज समापन गरिएको हो । सिन्धुली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विर बहादुर थिङ तामाङ विसालको अध्यक्षता तथा प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा खेलकुद महोत्सवको समापन गरिएको हो । 


खेलकुद महोत्सवमा ३० स्वर्ण, १२ रजत र ४ कास्य प्राप्त गरि कमलामाई नगरपालिका प्रथम भएको छ । त्यस्तै ६ स्वर्ण ५ रजत ३ कास्य प्राप्त गरि तीनपाटन गाउँपालिका दोस्रो र ६ स्वर्ण ३ रजत ९ कास्य प्राप्त गरि हरिहरपुरगढि गाउँपालिका तेस्रो भएको छ ।


महोत्सव समापनको अवसरमा खेलाडिहरुलाई पुरस्कार मेडल, ट्रफि, प्रमाणपत्र सहित सम्मान गरीएको छ । साथै प्रथम खेलकुद महोत्सव २०८१ लाई सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।


समापन कार्यक्रमको अबसरमा प्रतिनीधि सभासदस्य लेखनाथ दाहाल राजनले जिल्ला स्तरिय खेलकुद प्रतियोगितामा विजय हुने खेलाडिहरुले अझै प्रदेश तथा राष्ट्रिय स्तर हुदै अन्तराष्ट्रिय स्तर सम्म पुगेर सिन्धुली जिल्लालाई चिनाउन शुभकामना ब्यक्त गर्नुभएको छ । साथै प्रतियोगितामा सहभागी अन्य खेलाडीहरुलाई प्रतियोगिता जित्न नसके पनि प्रतिष्पर्धा बाट श्रेष्ठता कायम गरेको भन्दै निरन्तर खेल क्षेत्रमा लाग्न उहाँले आग्रह गर्नुभएको छ ।  


खेलकुद महोत्सव समापन कार्यक्रममा जिल्ला संमन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाईवा, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा लगायत जिल्लाका बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो । 


फागुन ८ गते बाट सुरु भएको खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, ब्याडमिन्टन र बक्सिङ लागायतका खेलहरु भएको थियो । महोत्सवमा जिल्लाका ९ वटै पालिकाका खेलाडीहरू सहभागी भएका थिए ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कमलामाई नगरपालिका प्रथम

सिन्धुली, फागुन ८, २०८१ बिहिबार । सिन्धुली जिल्ला स्तरिय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ ।

RadioSiddhababa

सिन्धुलीमाढीमा प्रथम खेलकुद महोत्सव शुरु, खेल र खेलाडीको पहिचान हुने अपेक्षा

सिन्धुली, फागुन ५, २०८१ सोमबार । सिन्धुलीमा आज बाट राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । खेल र खेलाडीको पहिचान

RadioSiddhababa

फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडा प्रथम

सिन्धुली, फागुन १, २०८१ बिहिबार ।   फिक्कल गाउँपालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मा.वि. महादेव डाँडाले प्रथम स्थान हासिल