१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कमलामाई नगरपालिका प्रथम

RadioSiddhababa

सिन्धुली, फागुन ८, २०८१ बिहिबार ।


सिन्धुली जिल्ला स्तरिय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ । ‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ सिन्धुलीमाढीमा संचालन भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कमलामाई नगरपालिका प्रथम भएको हो ।


२३ स्वर्ण, ५ रजत र ७ कास्य पाएर कमलामाई नगरपालिका प्रथम हुन सफल भएको जिल्ला खेलकुद विकास समिति सिन्धुलीले जनाएको छ । प्रतियोगितामा ८ स्वर्ण २० रजत र १३ कास्य पाएर दुधौली नगरपालिका द्धित्तिय र ८ स्वर्ण, ७ रजत र २ कास्य पाएर फिक्कल गाउँपालिका तृतिय भएको छ । साथै ६ स्वर्ण, ८ रजत, १३ कास्य पाएर सुुनकोशी गाउँपालिकाले चौथौ स्थान हासिल गरेको छ ।


फागुन ५ गते बाट सञ्चालन भएको प्रतियोगितामा कबड्डी, भलिबल, कराँते, एथलेटिक्स, तेकवान्दो लगायतका बिधाहरुमा जिल्लाका पालिकाहरु बिच प्रतिस्पर्धा भएको थियो । १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेता हरुलाई बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा शिल्ड, मेडल, ट्रफि, तथा प्रमाणपत्र सहित वितरण गरिएको छ ।


प्रतियोगितामा उत्कृष्ट भएको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकालाई क्रमशः १० हजार १ सय २५ रुपैयाँ, ७ हजार १ सय २५ रुपैया, ५ हजार ६ सय २५ रुपैया नगद सहित पुरस्कृत गरिएको छ ।


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गत १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भए सगै बिहिबार देखि प्रथम खेलकुद महोत्सव २०८१ सुरु हुने आयोजक टिमले जनाएको छ ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने

सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते

RadioSiddhababa

फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न

सिन्धुली, चैत १९, २०८१ मंगलबार । फिक्कल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फिक्कल गाउँपालिका खेलकुद बिकास

RadioSiddhababa

सिन्धुली जिल्ला स्तरिय प्रथम खेलकुद महोत्सवमा कमलामाई नगरपालिका प्रथम

सिन्धुली, फागनु १३, २०८१ मंगलबार । सिन्धुलीमाढीमा जारी प्रथम खेलकुद महोत्सव २०८१ को समापन गरिएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागी खेलकुद