यस बर्षको सम्झना स्मृति पुरस्कार कान्तिपुरका संवाददाता कार्कीलाई

RadioSiddhababa

सिन्धुली, फागुन २२, २०८१ बिहिबार ।


यस वर्षको सम्झना दाहाल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरका सिन्धुली संवाददाता राजकुमार कार्कीलाइ प्रदान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले नगद ५ हजार राशी सहितको पुरस्कार बिहीबार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष एवं दाहालका पिता शेषराज दाहाल तथा आयोजक अनेरास्ववियू सिन्धुलीले पुरस्कार सहित संवाददाता कार्कीलाइ सम्मान गरेको हो ।


पत्रकाररिताको माध्यमबाट समाज रुपान्तरणको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको थियो । ३२ वर्ष अगाडि २०४९ साल फागुन २२ गते टनकपुर सन्धीको विरोधमा चलेको आन्दोलनमा कक्षा १० मा अध्ययनरत १४ वर्षीय छात्रा सम्झना दाहाललाइ राज्यपक्षबाट चलाएको गोली लागेर हत्या गरिएको थियो ।


सदरमुकामको गौमती माविमा प्रतिष्ठानले सालिन्दा पत्रकार, उत्कृष्ट छात्रछात्रा, शिक्षक तथा समाजसेवीहरुलाइ पुरस्कार तथा सम्मान गर्दै आएको छ । स्मृतिका अवसरमा हाजिरीजवाफ प्रतियोगिता समेत भएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी

सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

RadioSiddhababa

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न

सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य