उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी

सिन्धुली, फागुन २८, २०८१ बुधबार ।
सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ । मंगलवार सम्पन्न भएको निर्वाचनको मत गणना सकिए संगै श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका श्रेष्ठले ५ सय ९७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी राज कुमार श्रेष्ठले ३ सय ८८ मत प्राप्त गर्नु भएको छ ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा ४ सय ९५ मत सहित देव नारायण श्रेष्ठ निर्वाचित हुनुभएमो छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी बिरबल चौधरीले ४ सय ५० मत पाउनुभएको छ । वस्तुगत उपाध्यक्षमा राम कुमार राजभण्डारी विजयी हुनुभएको छ । कुल १४ मत खसेकोमा राजभण्डारीले ११ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी विजय बस्नेतले ३ मत प्राप्त गर्नुभयो । महासचिव पदमा बासु भेटवाल ६ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी मेघ बहादुर कार्कीले २ सय ६६ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, उप–महासचिव पदमा नेत्र जंग थापा ४ सय ३० मत सहित विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी युवराज श्रेष्ठले ३ सय ७४ मत र सोनी कुमारी झाले १०४ मत प्राप्त गर्नुभयो । महिला सचिव पदमा सृजना श्रेष्ठ ५ सय ४१ मत सहित निर्वाचित हुनुभयो । उहाँको निकतटम प्रतिद्वन्द्वी रेजिना श्रेष्ठले ३४१ मत प्राप्त गर्नुभयो ।संघको सदस्य खुल्लातर्फ राम बहादुर बिकले ६ सय १०, संजय साहले ७ सय ६३, हिमेश श्रेष्ठले ७ सय ५४, राज कुमार श्रेष्ठले ६ सय ८९ र रामचन्द्र पौडेलले ५ सय ७७ मत विजयी भएका छन् । प्रतिद्वन्द्वी रितेश श्रेष्ठले ५ सय ३३ मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा वस्तुगत १४ सहित कुल एक हजार १५ मत खसेको थियो ।
त्यस्तै वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ, उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य, महिला उपाध्यक्षमा टिका कुमारी थापा, कोषाध्यक्षमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लाल मान तामाङ, उद्योग सचिवमा प्रकाश काफ्ले, वाणिज्य सचिवमा गोबिन्द खड्का, आजिवन सदस्यमा दिगम्वर चौधरी, एसोसियट सदस्यमा शाह आलम साफी, महिला सदस्यमा ललिता न्यौपाने र शुशिला श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस