चुनाव अघि नै महाधिवेशन हुन्छ ः काँग्रेस महामन्त्री थापा

सिन्धुली, फागुन २४, २०८१ शनिबार ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । आज सिन्धुलीको बेलघारीमा भएको नेपाली काँग्रेसको क्षेत्र नं. १ को क्षेत्रिय सम्मेलन कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री थापाले समयमै महाधिवेशन हुने भएकाले पार्टीका वडा स्तरमा सदस्यता नविकरणको काम समयमा नै सक्न निर्देशन दिनुभयो । महामन्त्री थापाले कही कतै पार्टीको महाधिवेशन २०८४ को चुनाव पछि गर्ने हल्ला भए पनि विधान अनुसार नै महाधिवेशन हुने बताउनुभयो ।
थापाले चैत मसान्त भित्र वडा स्तरको क्रियाशिल सदस्यता नविकरण नगरे बैशाखमा नविकरण नहुने पनि स्पष्ट पार्नुभयो । महामन्त्री थापाले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने लगायतका काम सरकारले गर्नु उचित नभएको पनि बताउनुभयो । प्रद्यानमन्त्री र मन्त्रीहरु अनाबश्यक काममा अलमल गर्नु भन्दा जनताको काममा केन्द्रित हुनु पर्ने उहाँको भनाई थियो ।
सम्मेलनलाई सह महामन्त्री जीवन परियार, काँग्रेस संसदिय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, केन्द्रिय सदस्य मुक्ताकुमारी यादव, नेताहरु मोहन बराल, उज्ज्वल बराल, उपेन्द्र पोखरेल, रामकुमार पहाडी, गंगा दहाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कर्ण थापा मगर नेतृत्वको क्षेत्रिय समितिले आमसभा मार्फत क्षेत्रिय सम्मेलन गर्न सफल भएकोमा प्रशंसा गरिएको थियो ।

सिन्धुलीको बेलघारीमा हुने काँग्रेसको क्षेत्रिय सम्मेलनको तयारी पुरा, सम्मेलनको महामन्त्री थापाले उद्घाटन गर्ने
सिन्धुली, फागुन २३ २०८१, शुक्रबार । सिन्धुलीको बेलघारीमा शनिबार हुने नेपाली काँग्रेस क्षेत्र नम्वर १ को क्षेत्रिय सम्मेलनको तयारी पुरा भएको छ ।

सिन्धुलीमा नेकपा एसका केन्द्रिय सदस्य शान्ता पाख्रिन सहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए
सिन्धुली, माघ २२, २०८१ मंगलबार । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले) मा फर्किएका छन्

सिन्धुली काँग्रेसमा सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन सबैको जिम्मेवारी बोधको खाँचो औंल्याइयो
सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीमा नेपाली काँग्रेस पार्टीका सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन जिम्मेवारी बोधको खाँचो औल्याइएको छ ।
प्रतिकृया दिनुहोस