संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा

सिन्धुली, चैत १८, २०८१ सोमबार ।
नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले जागरणसभाको आयोजना गरिएको हो । सिन्धुलीको बुद्धनगर चोक, लक्ष्मणचोक र धुरावजार शिरान बाट गणतन्त्रको पक्षमा बिभिन्न नारा लगाउदै र्याली गरिएको छ ।
बाजागाजा सहितको र्याली नेकपा एमालेको पार्टी कार्यालयमा पुगेर २ नं. बजार, गैरीबजार, १ नं. बजार, स्टलबजार हुदै लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोज जंग थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
जागरण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले नेकपा एमाले संघिय लोकतन्त्रको पक्षमा रहेकाले नागरिकको सम्पुर्ण रक्षाको लागि नेकपा एमालेले आब्हान गरेको बताउनुभयो । राष्ट्रियता निर्माणमा सिन्धुली बासीको गौरवमय इतिहास रहेको उहाँको भनाई छ । साथै लामो त्याग र बलिदानि पछि प्राप्त संघीय लोकतांत्रिक गणतन्त्र मास्न खोज्नेहरुको सपना कहिल्यै पुरा नहुने थापाले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले नेपाली जनता लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाले राजतन्त्र ब्युँझाउने कुरमा कोहि भ्रममा नरहन उहाँले आग्रह गर्नुभएको छ । त्यस्तै केन्द्रिय सदस्य विषम लाल अधिकारी दनुवारले संघिय लोकतान्त्रिक गणतन्त्र त्यसै आएको नभई यसको स्थापनाको लागि बलिदान दिने सहिद हरुलाई सम्झीरहेको बताउदै संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ती सबै एक भएर लडिरहने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीले हत्या र हिँसाको पक्षमा उत्रिएका पुर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा पु¥याउँन राजनितिक दल तथा गणतन्त्रका पक्षधर शक्तिहरुले पुर्नबिचार गर्ने बेला आएको बताउनुभएको छ । उहाँले राज्यका तर्फबाट राजा ज्ञानेन्द्रलाई प्रदान गरिने सेवा सुविधाको पनि कटौती गर्नुपर्ने धारणा राख्नु भएको छ । नेकपा एमाले सधै लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृण र संकलपित भएर उभिने उहाँको भनाई छ ।
जागरण सभामा जिल्लाको ९ वटै स्थानिय तहबाट नेकपा एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न
सिन्धुली, चैत २४, २०८१ आइतबार । राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

चुनाव अघि नै महाधिवेशन हुन्छ ः काँग्रेस महामन्त्री थापा
सिन्धुली, फागुन २४, २०८१ शनिबार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । आज सिन्धुलीको
प्रतिकृया दिनुहोस