राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, चैत २४, २०८१ आइतबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको हो । रास्वपा कमलामाई नगरपालिका ४ को वडा सभापतिमा प्रकाश तामाङ सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
निर्वाचन प्रमुख बागमति प्रदेश बिभागका कर्ण बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नयाँ नेतृत्व चयन गरिएको हो । कार्यक्रममा रास्वपाका जिल्ला सभापति, नगर सभापति लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
त्यस्तै कमलामाई नगरपालिका ६ को सभापतिमा कमल बहादुर खड्का सहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । कार्यक्रममा देवि प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा
सिन्धुली, चैत १८, २०८१ सोमबार । नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

चुनाव अघि नै महाधिवेशन हुन्छ ः काँग्रेस महामन्त्री थापा
सिन्धुली, फागुन २४, २०८१ शनिबार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । आज सिन्धुलीको
प्रतिकृया दिनुहोस