त्र्यम्बकेश्वर ज्योर्तिलिङ्गमा संचालन गरिएको महापुराणको आम्दानी तथा खर्च विवरण सार्वजनिक 

RadioSiddhababa

सिन्धुली, चैत २३, २०८१ शनिबार ।


सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै अवस्थित त्र्यम्बकेश्वर ज्योर्तिलिङ्गमा संचालन गरिएको श्रीमदभागवत महापुराणको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर जर्घामगरको अध्यक्षता तथा नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्री गुरुको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलनको आयोजना गर्दै भागवतको आय–ब्यय सार्वजनिक गरिएको हो । 


महापुराणमा ४१ लाख ४ हजार ९६ रुपैयाँ आम्दानी भएको छ । रसिद प्याड बाट ३७ लाख ६५ हजार ८ सय २१ रुपैयाँ, दान पेटिका बाट १ लाख ६६ हजार ६ सय २० रुपैयाँ, गुरु महाराजको चरण बाट ८२ हजार रुपैयाँ, कलश विक्री वितरण बाट ५० हजार ५ सय रुपैयाँ, खाद्यान्न सामाग्री बाट १७ हजार २ सय, गेट निर्माणको लागि २१ हजार ९ सय ५५ रुपैयाँ गरि ४१ लाख ४ हजार ९६ रुपैयाँ आम्दानी भएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । 


त्यस्तै खर्च तर्फ स्टेशनरीमा ७ हजार ८ सय, प्रचार प्रसारमा १ लाख ३७ हजार ५ सय ३७ रुपैयाँ, पूजा सामाग्री २ लाख ५ हजार ८ सय, ठेण्ट पण्डार र संगितमा २ लाख ७९ हजार ५ सय, खाना ३६ हजार १ सय ३५ रुपैयाँ, जग्गा, सिरक डस्ना भाडाको लागि ९३ हजार ७ सय ५०, लेखपरिक्षण ११ हजार, यातायात र इन्धनको लागि १ लाख ४४ हजार ८ सय ५८, सम्मान सामाग्रीमा २ लाख ५ हजार ३ सय २६, कामदारलाई ७६ हजार ९ सय ५०, किराना सामाग्री १ लाख ४ हजार ७ सय ५५, निर्माण सामाग्री १ लाख २१ हजार ५ सय ३०, पण्डित, पुरोहित र बटुक  कलाकार बिदाई गर्दा ४ लाख ७८ हजार ६ सय ५ रुपैयाँ गरि १९ लाख ३ हजार ५ सय ६० रुपैयाँ खर्च भएको छ । बाँकी २२ लाख ५ सय ३६ रुपैयाँ बैंकमा बचत रहेको छ । 


त्यस्तै मन्दिरको लागि कमलामाई नगरपालिकाले २ लाख ५० हजार सहयोग गरेको छ । महापुरणको समयमा ५ जना जग्गा दाता मार्फत ४ कठ्ठा जग्गा प्राप्त भएको छ । महापुराण अवधीभर ६ सय ७४ जनालाई आजिवन सदस्यता, ७७ जनालाई विशिष्ट सदस्यता, ४ जनालाई यशस्कर सदस्यता वितरण गरिएको छ भने ९ जनाले तुलादान गरेका छन् । 


पत्रकार सम्मेलन कार्यक्रमको अवसरमा जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्री गुरुले खर्चमा मितब्ययिता अपनाउन आग्रह गर्दै त्र्यम्बकेश्वर ज्योर्तिलिङ्ग मन्दिरमा आफुले यसको प्रचारप्रसारको लागि पहिलो पाइला अगाडी बढाइदिएको र यसलाई निरन्तरता र अपनत्व यहिको स्थानीयले गर्नुपर्ने बताउनुभएको छ । 


त्र्यम्बकेश्वर ज्योर्तिलिङ्ग, गौतमी गंगा र गुफाको प्रचार प्रसार गर्ने उदेश्यले फागुन ७ गते देखि १५ श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ संचालन गरिएको थियो । महापुराणमा नेपालका प्रथम जगतगुरु बालशन्त मोहनशरण देवाचार्य महाराज श्री गुरुकै मुखारविन्द बाट ज्योर्तिलिङ्ग तथा गौतमी गंगाको उत्पती र गौतम ऋषीले तपश्या गरेको गौतमी गुफाकोे बारेमा प्रवचन दिनुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विल बिजक नभएको सामान बरामद

सिन्धुली, चैत २५, २०८१ सोमबार । सिन्धुलीमा विल बिजक नभएको सामान बरामद गरिएको छ । आइतबार कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा खटिएको प्रहरीले बिल

RadioSiddhababa

सिन्धुलीमा मोतीविन्दु भएका ५५ जना आँखाका विरामीहरुको निःशुल्क आँखा अप्रेसन गरियो 

सिन्धुली, चैत २४, २०८१ आइतबार । सिन्धुलीमा मोतिविन्दु भएका ५५ जना आँखाका विरामीहरुको निःशुल्क आँखा अप्रेसन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी

RadioSiddhababa

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, चैत २४, २०८१ आइतबार ।   राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई