सिन्धुलीमा मोतीविन्दु भएका ५५ जना आँखाका विरामीहरुको निःशुल्क आँखा अप्रेसन गरियो 

RadioSiddhababa

सिन्धुली, चैत २४, २०८१ आइतबार ।


सिन्धुलीमा मोतिविन्दु भएका ५५ जना आँखाका विरामीहरुको निःशुल्क आँखा अप्रेसन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा सामुदायिक आखाँ उपचार केन्द्रको आयोजनामा रुइत फाउण्डेसन र जानकी आखाँ अस्पताल जनकपुरको सहयोगमा शनिबार र आइतबार गरि मोतिविन्दु भएका ५५ जना आँखाका विरामीहरुको निःशुल्क आँखा अप्रेसन गरिएको हो । 


नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले आखाँका बिरामीहरुलाई लक्षित गर्दै बिभिन्न समयमा निशुल्क आखाँ जाँच तथा मोतिविन्दु भएकाहरुको अप्रेसन गर्दै आएको छ । आखाँ अप्रेसन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यता र कमलामाई नगरपालिका ६ वडा अध्यक्ष उज्ज्वलकुमार थापाको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमको अवसरमा कमलामाई नगरपालिका ६ वडा अध्यक्ष उज्ज्वलकुमार थापाले रेडक्रसले संचालन गरेको यो कार्यक्रम प्रसंसनिय रहेको बताउदै यस्ता किसिमका कार्यक्रमहरुले स्थानीय सरकारलाई समेत घचघच्याउने काम गरेको बताउनुभएको छ । आखाँ अप्रेसन शिविरमा डाक्टर आशिष बोहरा सहितको सम्पुर्ण प्राबिधिक टीम खटिएको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कला घर सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आज बाट सुरु

सिन्धुली, चैत २८, २०८१ बिहिबार । सिन्धुली कला घरको आयोजनामा संचालन भएको राष्ट्रिय कला महोत्सव आज बाट सुरु भएको छ । बैशाख ३ गते सम्म संचालन हुने

RadioSiddhababa

पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु हुदै 

सिन्धुली, चैत २६, २०८१ मंगलबार । सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु भइरहेका छन् । ऐतिहासिक र धार्मिक

RadioSiddhababa

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ बाट सालको काठ बरामद

सिन्धुली, चैत २६, २०८१ मंगलबार ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ सेरोबाट प्रहरीले छुट पुर्जी नभएको सालको काठ बरामद गरेको छ । प्रहरी चौकी