बैशाख ६ गते देखि हुने नेपाली फुड फेस्टिवलको पर्यटन मन्त्री पाण्डेले उद्धघाटन गर्नुहुने

विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदै छ । वैशाख ६ गते भृकुटीमण्डप स्थित प्रर्दशनी मार्गमा फुड फेस्टिवल हुन लागेको हो । फुड फेस्टिवलको नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहने छ । नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनाका फुड फेस्टिवलको उद्धघाटन पर्यटन मन्त्री पाण्डेले गर्नुहुने छ ।
फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु (नेपाली भान्से) एकैठाँउ भेला हुदैछन् । कार्यक्रममा मध्यपुर्व, युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार सेफ प्रतिनिधीरुले सहभागीता जनाउदै छन् । जसमा नेपाल पर्यटन वार्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग रहने अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय संयोजक अरुण अधिकारीले जानकारी दिनुभयो ।
फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवद्र्धनमा मद्दत गर्नेछ । फेस्टिवलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने अधिकारीले बताउनुभयो । यस्तै नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षलाई विश्वसामु पु¥याउन मद्दत पुग्ने उहाँको भनाई छ ।
फेस्टिवलमा नेपाली परम्परागत परिकार देखि आधुनिक परिकारहरूको प्रदर्शनी, सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन, राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ ।

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड
सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न
सिन्धुली, चैत १४, २०८१ बिहिबार । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि न्यूजीलैंड को प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । (New Zealand ) Nepalese chef Society New Zealand INCS को प्रथम

विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँ
विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा आगामी बैशाखमा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँछ । फेस्टिवलमा विश्वभर कार्यरत सेतो कोट लगाउने सेफहरु
प्रतिकृया दिनुहोस