सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ बाट सालको काठ बरामद

RadioSiddhababa

सिन्धुली, चैत २६, २०८१ मंगलबार । 


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ सेरोबाट प्रहरीले छुट पुर्जी नभएको सालको काठ बरामद गरेको छ । प्रहरी चौकी हरिहरपुरगढी बाट खटिएको प्रहरी टोलीले काठ सहित गाडीलाई नियन्त्रणमा लिएको हो ।


मकवानपुर बाट सिन्धुली तर्फ आउँदै गरेको  बिएवि ५०२४ नम्बरको योद्धा गाडी चेकजाँच गर्ने क्रममा चिरान गरेको ३० पिस (३२.७७ क्यु फिट) बिना छुट पुर्जीको÷बिना टाँचाको साल जातको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।


चालक हरिहरपुरगढी गाउँपालिका १ का २८  वर्षीय बुद्ध बहादुर गोलेलाई नियन्त्रणमा लिएको छ । चालक, गाडी र बरामद गरिएको काठ आवश्यक कार्वाहिको लागि डिभिजन वन कार्यालय मरिणलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न

सिन्धुली, बैशाख २, २०८२ मंगलबार ।   फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।  नयाँ

RadioSiddhababa

सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज