सिन्धुलीमा बैशाख ११ गते देखि २१ गते सम्म “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल” हुदै

सिन्धुली, चैत ३०, २०८१ शनिबार ।
सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” संचालन हुने भएको छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीले २०८२ बैशाख ११ गते देखि २१ गते सम्म जिल्लाको कमलामाई नगरपालिका ६ खुल्लामञ्चमा फुड फेस्टिवल संचालन गर्न लागेको हो ।
जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा स्थानीय परिकारको प्रचार प्रसार गर्ने उदेश्यले “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” को आयोजना गरिएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
फेस्टिवलमा नेपाली परिकार देखि अन्र्तराष्ट्रिय खाना स्टल, स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनी, बालबालिकाको लागि खेल, झुलाको साथमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर कविराज सुनुवारले जानकारी दिनुभयो । फुड फेस्टिवलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ ।
११ दिनसम्म संचालन हुने फुड फेस्टिवलको लगभग २० देखि २५ हजार जना दर्शकले अवलोकन गर्ने अपेक्षा राखीएको ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्टका अध्यक्ष अस्बिन थापा मगरले जानकारी दिनुभयो । फेस्टीभलमा ७५ लाख खर्च हुने अनुमान गरिएको उहाँको भनाई छ । फेस्टिवलमा जिल्लाभरका उत्पादित कृषिजन्य उत्पादनको विक्रि वितरण तथा प्रदर्शनका लागि निशुल्क स्टल उपलब्ध गराईने उहाँले बताउनुभयो ।
फेस्टिवलमा प्रवेश शुल्क ८० रुपैयाँ लाग्ने, स्थानीय पासको लागि ३ सय रुपैयाँ लाग्ने, अपांगता भएका ब्यक्ति तथा बालबालिका र ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश र बिद्यार्थीहरुलाई छुटको ब्यवस्था गरिएको उहाँको भनाई छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुली २०७५ सालमा दर्ता भई सिन्धुली जिल्लामा मनोरञ्जनको क्षेत्रमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी
सिन्धुली, बैशाख १५, २०८२ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया
सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु
सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड
प्रतिकृया दिनुहोस