हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास

सिन्धुली, बैशाख २, २०८२ मंगलबार ।
हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनको प्रमुख आतिथ्यतामा सडकको शिलान्यास गरिएको हो ।
वडा नम्बर ४ स्थित चाईचुटीमा लामा गुरुबाट पूजापाठ गरी सडकको शिलान्यास गरिएको हो । संघिय सरकारबाट बिनियोजित १ करोड बजेट बाट सडक निर्माणको गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सिलान्यास कार्यक्रमको अवसरमा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले सरकार परिवर्तनका कारण सिन्धुलीका विभिन्न सडकलाई बहुवर्षिय योजनामा लैजान नसकेको बताउनुभएको छ ।
उहाँले गुणस्तरीय काम र समयमा काम भए नभएको बारे सबैले निगरानी गर्नुपर्नेमा पनि जोड दिनुभयो । हरिहरपुरको खानेपानी र सिँचाइको समस्यालाई सम्बोधन गर्ने योजना बनाउन आग्रह गर्नुहुँदै सांसद दाहालले बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले अथक प्रयास पश्चात गाउँपालिकाकै भौगोलिक जटिलताले पिछडिएको ठाउँमा ड्रेन सहितको सडक ढलानको लागि बजेट विनियोजन गराउन सफल भएको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले चाइचुटिमा सिँचाईको लागि योजना निर्माण भइरहेको बताउनुहुँदै चाँडैनै यहाँका किसानलाई सिँचाईको लागि पानी उपलब्ध गराइने बताउनुभयो ।
स्थानिय पुवार्धार विकास आयोजना कार्यालय हेटौडाको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा शिलान्यास कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा, गाउँपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाका अध्यक्ष कमल राई, ५ नम्बर वडाका अध्यक्ष साईला लामा, ३ नम्बर वडाका अध्यक्ष कुल बहादुर भोलन, ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान, ८ नम्बर वडाका अध्यक्ष धन बहादुर मोक्तान लगायतको उपस्थिती रहेको थियो ।

कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी
सिन्धुली, बैशाख १५, २०८२ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया
सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु
सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड
प्रतिकृया दिनुहोस