सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

सिन्धुली, बैशाख २, २०८२ मंगलबार ।
सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२ वटा उपशाखाहरुको आयोजना हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोग र सिन्धुली अस्पतालको समन्वयमा ३ दिने शिविर संचालन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका सभापती अशोक श्रेष्ठको अध्यक्षता तथा हेल्पिङ्ग ह्याण्डस हेल्थ एजुकेशन इन्टरनेशनलका अध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको छ ।
शिविरमा निःशुल्क स्त्री तथा प्रसुती रोग, दाँतको उपचार, नाक, कान, घाँटीको उपचार, आँखा उपचार र जनरल फिजिसियन सेवा दिईने नेपाल रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा विहान ९ बजे देखि साँझ ५ बजे सम्म बिरामीको चेकजाँच गरीने छ ।
शिविरको पहिलो दिन आज ४ सय २३ जनाले सेवा लिएका छन् । पहिलो दिन ६६ जनाले जनरल फिजिसियन, ७१ जनाको स्त्री तथा प्रसुती रोग, ७१ जनाको दाँतको उपचार, ७१ जनाको नाक, कान, घाँटीको उपचार र १ सय ४४ जनाको आँखा उपचार गरिएको छ ।
शिविरको उद्घाटन कार्यक्रममा वागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदु कुमार श्रेष्ठ, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल, निर्वतमान नगर प्रमुख खड्ग बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बाहोरा दाहाल लगायतको उपस्थिती रहेको थियो ।

चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न
सिन्धुली, बैशाख २, २०८२ मंगलबार । फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । नयाँ

हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास
सिन्धुली, बैशाख २, २०८२ मंगलबार । हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज

बैशाख १ गते फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता हुदै
सिन्धुली, चैत ३०, २०८१ शनिबार । नयाँ बर्षको अवसरमा फिक्कल गाउँपालिका सिन्धुलीले फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन संचालन गर्ने भएको छ ।
प्रतिकृया दिनुहोस