चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न

RadioSiddhababa

सिन्धुली, बैशाख २, २०८२ मंगलबार ।

 

फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।  नयाँ बर्ष २०८२ को अवसरमा फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्राईको प्रमुख  आतिथ्यतामा कार्यक्रम गरिएको हो । फिक्कल मेलाको अवसरमा तामाङ, माझी, सुनुवार, पन्चेबाजा, भजन समुह लगायत समुदायहरुले झाकी प्रर्दशन गरेको छन् ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पूर्व पर्यटन मन्त्री योगेश भट्राइले फिक्कल पर्यटनको हिसावले धेरै सुन्दर रहेको बताउनु भएको छ । उहाँले फिक्कल लाई अझै समृद्ध बनाउनको लागी सडक निमार्णको कार्यमा साथ दिने प्रतिवद्धता गर्नु भयो । देश विकास गर्न सबै मिली लागि पर्नु पर्ने उहाँले बताउनु भयो ।


कार्यक्रममा फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बरालले फिक्कल गाउँपालिकामा पर्यटन क्षेत्रको राम्रो संम्भावना रहेको बताउदै पालिकामा पर्यटन प्रबद्र्धन बिभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । पर्यटन प्रवर्धन गर्ने उदेश्यले सिन्धुली जिल्लाकै अग्लो चुचुरोमा कार्यक्रम संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।


प्राकृतिक सुन्दरताले भरीएको फिक्कलमा महत्वपुर्ण धार्मीक तथा पर्यटकिय स्थलहरु रहेको फिक्कल गाउँपालिका ३ चनौटेका वडा अध्यक्ष टेक बहादुर मगरले बताउनु भयो ।  फिक्कल मेलाको अवरमा फिक्कल गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितीको संयुक्त आयोजनामा फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गरीएको थियो । खेल क्षेत्रको विकास गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको फिक्कल गाउँपालिका  खेलकुद  संयोजक शिव बरालले बतानुभयो ।


म्याराथन वडा नम्बर ३ को कार्यालय बाट सुरु भै फिक्कलको भ्युउटावरमा पुगेर समापन भएको थियो । प्रतियोगितामा महिला तर्फ रमिला श्रेष्ठ प्रथम, सिता सुनुवार द्धितिय र तुलसा श्रेष्ठ तृतीय पुरुष तर्फ यमराज खत्री प्रथम, युवराज मगर द्धितिय र हिरा श्रेष्ठ तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने हरुलाई नगद सहित सम्मान गरीएको छ ।


कार्यक्रममा चर्चित गायक रामजी खाड, हास्य कलाकार दिनेश काफ्ले लगाएतका कलाकारहरु बाट सांगिती तथा हास्यव्यंग्य प्रस्तुती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज

RadioSiddhababa

बैशाख १ गते फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता हुदै

सिन्धुली, चैत ३०, २०८१ शनिबार । नयाँ बर्षको अवसरमा फिक्कल गाउँपालिका सिन्धुलीले फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन संचालन गर्ने भएको छ ।