बैशाख १ गते फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता हुदै

सिन्धुली, चैत ३०, २०८१ शनिबार ।
नयाँ बर्षको अवसरमा फिक्कल गाउँपालिका सिन्धुलीले फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन संचालन गर्ने भएको छ । २०८२ बैशाख १ गते नयाँ बर्षको अवसरमा फिक्कल गाउँपालिका ३ चनौटेमा कार्यक्रम संचालन गर्न लागिएको हो ।
“फिक्कल समृद्धिको मुल आधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगार” भन्ने मुल नाराको साथमा पर्यटन प्रवर्धन गर्ने उदेश्यले सिन्धुली जिल्लाकै अग्लो चुचुरोमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन संचालन गर्न लागिएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सूर्योदय अवलोकन, महाँकालीदेवि मन्दिर दर्शन, सांस्कृतिक झाँकी प्रर्दशन र दोस्रो फिक्कल अल्ट्रा म्याराथन दौड प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा चर्चित गायक रामजी खाँड, रादिप सुनुवार, गणेश सुनुवार, चर्चित हास्य कलाकार दिनेश काफ्ले, सुबोध गौतम लगाएतका कलाकारहरु बाट सांगितिक तथा हायब्यंग्य प्रस्तुतिहरु प्रस्तुत हुने उहाँले बताउनुभयो। साथै मगर संस्कृति, सुनुवार संस्कृति, खैंजडी भजन, तामाङ संस्कृति, माझी संस्कृतिको प्रर्दशन हुने छ ।
जिल्लाकै अग्लो स्थानमा रहेको फिक्कल चनौटे बाट प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न तथा पर्यटन प्रवर्धन गर्नको लागि महोत्सवमा सहभागि हुन उपाध्यक्ष बरालले सबैलाई आग्रह गर्नुभएको छ ।

चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न
सिन्धुली, बैशाख २, २०८२ मंगलबार । फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । नयाँ

सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु
सिन्धुली, बैशाख २, २०८२ मंगलबार । सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२

हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास
सिन्धुली, बैशाख २, २०८२ मंगलबार । हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज
प्रतिकृया दिनुहोस