कला घर सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आज बाट सुरु

सिन्धुली, चैत २८, २०८१ बिहिबार ।
सिन्धुली कला घरको आयोजनामा संचालन भएको राष्ट्रिय कला महोत्सव आज बाट सुरु भएको छ । बैशाख ३ गते सम्म संचालन हुने राष्ट्रिय कला महोत्सवको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्धघाटन गर्नुभएको हो ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमति प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले लोप हुदै गएको संस्कृतिलाई जोगाई राख्न् कला घर सिन्धुली लागि परेको हुदा यो कार्यमा निरन्तर लाग्न आग्रह गर्नुभएको छ । उहाँले लोप हुदै गएको संस्कृतिलाई जोगाई राखेकोमा यसलाई ठूलो सम्पतीको रुपमा ग्रहण गरेको बताउनु भएको छ । साथै आगामी आर्थिक बर्षको बजेटमा कला घर निर्माणको लागि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलले नेपालमा भएको धर्म, संस्कृति, जातजाति स्थानीय सामाग्रीको पहिचान झल्काउने कार्य सिन्धुली कला घरको टिमले गरेको हुदा सम्मान व्यक्त गर्नुभएको छ । राष्ट्रिय साथै अन्तराष्ट्रिय स्तरमा चिनाउन कला घर सिन्धुली लागी परेको हुदाँ यसमा कमलामाई नगरपालिकाले सकेको सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विश्वका १९५ देशलाई कला मार्फत सजाई वल्र्ड आर्ट हाउसको रुपमा विकास गर्ने दीर्घकालिन योजना सहित कलाघर सिन्धुलीले राष्ट्रिय कला महोत्सव संचालन गरिएको हो । कलाघरलाई कलाकारको आश्रम, कला सृजनाको आविष्कार केन्द्र तथा साँस्कृतिक विद्यालयको रुपमा समेत विकास गर्ने योजना सफल बनाउन पनि कला महोत्सव आयोजना गरिएको कलाघरका परिकल्पनाकार तथा अध्यक्ष सुमन थापामगरले बताउनुभयो ।
महोत्सवमा नेपाली मौलिक परम्परा झल्कने घरहरूको नमूना, मौलिक खानेकुराहरुको परिकारहरू, जातजातिको झाँकी प्रदर्शन, खानाको लागि व्यवस्था, हस्तकला, चित्रकला, मूर्तिकला लगायत कलाहरूको प्रदर्शन गरिने छ । विशेषगरि चियादानीको आकारमा रहेको चियाघरमा पकाइएको अर्गानिक चिया र घरजत्रै आकारमा निर्माण गरिएको ठेकीमा राखिएको मोहिको स्वाद पनि महोत्सवको आकर्षण बन्ने उहाँको भनाई छ ।
लोक दोहोरी गीत प्रतियोगिता, मौलिक खैँजडी भजनको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गीत संगितको प्रस्तुति, नृत्यहरु, साहित्यिक कार्यक्रम तथा अन्य साँस्कृतिक कार्यक्रमहरु महोत्सवको आकर्षणको रुपमा रहनेछन् ।
कमलामाई नगरपालिका ३ चपौली अर्थात ऐतिहासिक सिन्धुलीगढी नजिकै अवस्थित सिन्धुली कलाघर मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्न सफल हुदै पनि जान थालेको छ । महोत्सवको उद्धघाटन कार्यक्रममा बागमति प्रदेश सदस्य क्षेत्र बहादुर बम्जन, राम कुमार पहाडी, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा बिभिन्न पालिका तथा वडाका जनप्रतिनिधी हरुको उपस्थितीमा बिभिन्न जातजातीको झाँकी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितीक प्रस्तुती समेत रहेको थियो ।

कमलामाई नगरपालिका ९ स्थित बथानचौडी स्थित एक घरमा आगलागी
सिन्धुली, बैशाख १५, २०८२ सोमबार । सिन्धुलीको कमलामाई नगरपालिका ९ बथानचौडी स्थित एक घरमा आगलागी भएको छ । स्थानीय टेक प्रसाद दाहालको २ कोठाको पक्की र

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया
सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु
सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड
प्रतिकृया दिनुहोस