सिन्धुलीमा विल बिजक नभएको सामान बरामद

सिन्धुली, चैत २५, २०८१ सोमबार ।
सिन्धुलीमा विल बिजक नभएको सामान बरामद गरिएको छ । आइतबार कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा खटिएको प्रहरीले बिल बिजक नभएको सामान बरामद गरेको हो ।
बर्दिबास बाट सिन्धुलीको तीनपाटन गाउँपालिकाको चकमके तर्फ आउदै गरेको ना. ६ ख. ९५५५ नं. बसलाई चेकजाँच गर्दा उक्त बसको छतमा बेवारीसे अवस्थामा राखीएको बिल बिजक नभएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
प्रहरीले २६ हजार २ सय ५० रुपैयाँ मुल्यको ३ सय ५० केजि चिनी, १४ हजारको १ सय केजि केराउ, ३७ हजार २ सयको २४ कार्टुन माउनटेण्ड डिउ इन्डियन, गरि जम्मा ७७ हजार ४ सय ५० रुपैयाँ मुल्यको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान कानूनी प्रक्रिया पुरा गरि आवश्यक कार्वाहिको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कला घर सिन्धुलीमा राष्ट्रिय कला महोत्सव आज बाट सुरु
सिन्धुली, चैत २८, २०८१ बिहिबार । सिन्धुली कला घरको आयोजनामा संचालन भएको राष्ट्रिय कला महोत्सव आज बाट सुरु भएको छ । बैशाख ३ गते सम्म संचालन हुने

पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु हुदै
सिन्धुली, चैत २६, २०८१ मंगलबार । सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु भइरहेका छन् । ऐतिहासिक र धार्मिक

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ बाट सालको काठ बरामद
सिन्धुली, चैत २६, २०८१ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ सेरोबाट प्रहरीले छुट पुर्जी नभएको सालको काठ बरामद गरेको छ । प्रहरी चौकी
प्रतिकृया दिनुहोस