पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु हुदै 

RadioSiddhababa

सिन्धुली, चैत २६, २०८१ मंगलबार ।


सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित पञ्चकन्या पोखरीमा जनश्रमदान बाट बिभिन्न कामहरु भइरहेका छन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको पञ्चकन्या पोखरी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि श्रमदान अभियान बाट बिभिन्न कामहरु भइरहेको हो ।


हरित वातावरण संरक्षणमा टेवा पुर्याउने, गाउँपालिकालाई पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने र प्राकृतिक सम्पदाको संरक्षणमा सबैको हातेमालो गर्ने उदेश्यले श्रमदान अभियान संचालन गरिएको हो । मरिण गाउँपालिका अध्यक्ष बिमर्श मुक्तान प्रख्यातको आब्हानमा नेपाल प्रहरी शसस्त्र प्रहरी स्थानीय लगायतको सहभागितामा श्रमदान कार्य चलिरहेको छ । 


श्रमदान बाट पञ्चकन्या पोखरी वरपर सरसफाई संगै बाल उद्यान निर्माण, हरियाली विस्तार, बिद्युत क्षमता विस्तार र संरचनागत सुधारका काम भइरहेको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान प्रख्यातले जानकारी दिनुभयो । नागरिकले विकासका काम गर्नको लागि जनप्रतिधि चुनेको बताउदै आफु पनि संगै खटेर श्रमदान गर्दै आएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

 
पञ्चकन्या पोखरीमा एक हप्तादेखि चल्दै आएको श्रमदान कार्यक्रममा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत स्थानीय बासिन्दा, युवाहरू, सामाजिक अभियन्ता तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको छ । पञ्चकन्या पोखरीको संरक्षण र प्रवद्र्धनका लागि मरिण गाउँपलिकाले यस अघि देखिनै बिभिन्न पूर्वाधार निर्माण गरिरहेको छ । 


हिउँद महिनामा पञ्चकन्या पोखरीमा पिकनिक खान आउने र अन्य समयमा समेत दैनिक जसो आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न

सिन्धुली, बैशाख २, २०८२ मंगलबार ।   फिक्कल गाउँपालिका ३ चनौटेमा फिक्कल मेला तथा दोस्रो फिक्कल अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।  नयाँ

RadioSiddhababa

सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । सिन्धुली अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र ४२

RadioSiddhababa

हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास

सिन्धुली, बैशाख २, २०८२ मंगलबार । हरिहरपुरगढी गाउँपालिकाको मझिनी दमार –बखफर सडकको शिलान्यास गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज