बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न

सिन्धुली, फागुन २६, २०८१ सोमबार ।
सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य सुष्पा भुजेलले खुल्लामञ्चको छेउमा दाल चिनीको बिरुवा रोपेर कृषि उद्यम मेला समापन गर्नुभएको हो । सौगात लद्यु उद्यम सहकारी संस्था, सिन्धुलीको आयोजना मुना कृषि लिमिटेड भक्तपुरको सह–आयोजना र बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालय सहित जिल्लाका सरकारी–गैरसरकारी संघसंस्थाहरु सँगको साझेदारीमा मेला आयोजना गरिएको हो ।
उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई उत्साहित गराउने तथा स्थानीय स्रोतसाधनको स्थानीय जनशक्तिबाटै उपयोग गराउने उद्धेश्य रहेको मेलामा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरु राखिएको थियो । जहाँ ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको छ । मेलामा १० हजारभन्दा बढी अवलोकनकर्ता सहभागि भएका आयोजकको अनुमान छ ।
यसैबिच बागमति प्रदेश स्तरिय महिला कृषि उद्यमी मेलामा आयोजित व्यवसायिक सोच योजना प्रस्तुती कार्यक्रममा आफ्नो उत्कृष्ट व्यवसायिक योजना सहित श्री नवज्योति बहिरा मा वि जसेदमारका बहिरा विद्यार्थी निखिल सुनुवार प्रथम हुनुभएका छन । नवज्योति बहिरा माविका निखिल सुनुवारले आफुले बहिरा भएता पनि उद्यम गरेर रोजगारी सिर्जना गर्ने र आफुले कमाएको रकमबाट धेरै अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा सहयोग गर्ने बताउनुभयो ।
उहाँले आउँदो बैशाखबाट हस्तकला सम्बन्धी सामाग्रीको उत्पादन र कोसेली घरको स्थापना गर्ने भनी आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो । यसै गरी उक्त मेलाको पहिलो दिन आयोजित चित्रकला प्रतियोगितामा समेत नवज्योति बहिरा मा वि जसेदमारका बहिरा विद्यार्थी हरिचन दास प्रथम हुनु भएका थिए ।

सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु
सिन्धुली, बैशाख २४, २०८२ बुधबार । सिन्धुलीमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय किशोरको मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ स्थित ग्वाङखोला

हरिहरपुरगढी गाउँपालिकामा ३ दिने निःशुल्क आँखा तथा दन्त शिविर सुरु
सिन्धुली, बैशाख २३, २०८२ मंगलबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निःशुल्क आँखा तथा दन्त शिविर सुरु भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर

जेठ ४ गते देखि ६ गते सम्म फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने
सिन्धुली, बैशाख २२, २०८२ सोमबार । सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल उपाध्यक्ष भलिवल प्रतियोगिता संचालन हुने भएको छ । आगामी जेठ ४ गते देखि ६ गते
प्रतिकृया दिनुहोस