सिन्धुलीको बेलघारीमा हुने काँग्रेसको क्षेत्रिय सम्मेलनको तयारी पुरा, सम्मेलनको महामन्त्री थापाले उद्घाटन गर्ने

सिन्धुली, फागुन २३ २०८१, शुक्रबार ।
सिन्धुलीको बेलघारीमा शनिबार हुने नेपाली काँग्रेस क्षेत्र नम्वर १ को क्षेत्रिय सम्मेलनको तयारी पुरा भएको छ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन तथा संवोधन गर्ने सम्मेलनको आवश्यक तयारी पुरा भएको काँग्रेस क्षेत्रिय समितिले जनाएको छ । सम्मेलनका लागि अतिथी तथा सुभेच्छुक, सुभचिन्तकहरुलाई निमन्त्रणाको लागि परिपत्र गर्ने, लगायतका अन्य आबश्यक कामहरु सम्पन्न भएको समितिले जनाएको छ ।
तिनपाटन गाऊँपालिका १ बेलघारीमा हुने सम्मेलनलाई संवोधन गर्न शनिबार बिहान महामन्त्री थापा मधेशका जिल्ला हुदै आउने कार्यक्रम रहेको काँग्रेस क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधी मुकेश घिमिरेले जानकारीदिनुभयो । सम्मेलनमा क्षेत्रिय समितिले प्रतिवेदन पेश गर्ने र शोही उपर आवश्यक छलफल लगायतका कार्यक्रम हुने घिमिरेले बताउनुभयो ।

चुनाव अघि नै महाधिवेशन हुन्छ ः काँग्रेस महामन्त्री थापा
सिन्धुली, फागुन २४, २०८१ शनिबार । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडि नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ । आज सिन्धुलीको

सिन्धुलीमा नेकपा एसका केन्द्रिय सदस्य शान्ता पाख्रिन सहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए
सिन्धुली, माघ २२, २०८१ मंगलबार । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले) मा फर्किएका छन्

सिन्धुली काँग्रेसमा सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन सबैको जिम्मेवारी बोधको खाँचो औंल्याइयो
सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीमा नेपाली काँग्रेस पार्टीका सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन जिम्मेवारी बोधको खाँचो औल्याइएको छ ।
प्रतिकृया दिनुहोस