एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सिन्धुलीमाढीमा र्यालीको आयोजना

सिन्धुली, फागुन २४, २०८१ शनिबार ।
एक सय १५ औं अन्तराष्ट्रिय महिला दिवस सिन्धुलीमाढीमा पनि मनाइएको छ । सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा कमलामाई नगरपालिकाले र्याली सहित शुभकामना आदान प्रदान गरेको छ । कमलामाई नगरपालिकाका नगर उप प्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा बागमति प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कमलामाई नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली, मानव तथा राष्ट्रिय विकास समाज ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा भएको कार्यक्रममा प्ले कार्ड सहित र्याली संचालन गरिएको थियो । कमलामाई नगरपालिका अगाडी बाट सुरु भएको र्याली १ नं. बजार, २ नं. बजार हुदै खुल्ला मन्चमा आई सम्पन्न भएको थियो ।
कार्यक्रमको अवसरमा अन्तराष्ट्रिय महिला दिवस मनाउनुको उदेश्य, उद्यम क्षेत्र, नेतृत्व तहमा महिलाहरुको सहभागिता, उनीहरुको शसक्तिकरणको बिषयमा मन्तब्य राखीएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमति प्रदेशका उपाध्यक्ष विमला पाण्डेले अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा तयार पारीएको अबधारण पत्र प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, कमलामाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कमलामाई नगरपालिकाका शाखा प्रमुखहरु, विभिन्न संघ संस्था, सहकारी, टोल विकास संस्था, महिला समुहका प्रतिनिधिहरु, राजनिति संगठनका प्रतिनिधिहरु, पत्रकार, कर्मचारीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन श्रेष्ठ विजयी
सिन्धुली, फागुन २८, २०८१ बुधबार । सिन्धुली उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत मतगणना सकिए संगै अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको छ

हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि प्रशिक्षण कार्यक्रमको उद्घाटन
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थानिय तहको योजना तर्जुमा र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धि ३ दिने

बागमती प्रदेश स्तरीय ३ दिने महिला कृषि उद्यम मेला सम्पन्न
सिन्धुली, फागुन २६, २०८१ सोमबार । सिन्धुलीमाढीमा संचालित ३ दिने बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सम्पन्न भएको छ । बागमती प्रदेशसभा सदस्य
प्रतिकृया दिनुहोस