ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

RadioSiddhababa

कल्पाना भुजेल सिन्धुली । 


त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर बिर्सन पनि सक्नु हुन्न । बाह्र वर्ष अघि दुर्घटनामा परेर मेरुदण्ड भाँचिदा जीवन नै सकिए झैँ लागेको थियो । श्रीमती, छोराछोरी सँग सुख दुख साट्दै, रमाउने र कमाउने बेला शरीरको आधा भाग मात्र चलेपछि  थिङलाई जीवित छु भन्ने पनि लाग्दैन थियो । परिवारको लागि खम्बा बनेर उभिनु पर्ने बेला, आफै परिवारको सहारा लिएर उभिनु पर्दा निकै पीडा हुन्थ्यो । 


उहाँ भन्नु हुन्छ ‘त्यो समय मेरा लागि परिवार चट्टान बनेर उभिए, परिवारको आँखामा मेरा लागि आशाहरू जीवितै थिए, उनीहरूलाई हेरेर आत्मबल बढेर आयो बाच्ने आशा पलायो’। चार महिना थिङ काठमाण्डौको रिहाव सेन्टरमा बस्नु भयो, आफू जस्तै अपाङ्गता भएका धेरै साथीहरूलाई देख्ने, भेट्ने मौका मिल्यो, आफू जस्तै साथीहरुलाई देखेपछि थिङले जीवनलाई हेर्ने दृष्टिकोण परिबर्त गर्नु भयो । बाँकी जीवन सुखद र सुखमय बनाउन रिहाव सेन्टरमा मैनबत्ती बनाउने सिप सिकेर घर फर्किए पछि मैनबत्ती बनाउने काम सुरु गर्नु भयो ।

 

लोडसेडिङको समय मैनबत्ती बिक्री वितरण राम्रै भयो तर मैनबत्ती बनाउनको लागि आवश्यक सामाग्री लिन इन्डियाको बोर्डर पुग्नु पर्ने भएकोले लामो समय सम्म त्यही पेसालाई टिकाई राख्न सक्नु भएन । ह्विलचियरको सहारामा हिन्न सहज छैन । अपाङ्गता भएको व्यक्तिलाई टाढाको यात्रा गर्न, सार्वजनिक सेवा लिन, समस्या हुने उहाँको भनाई छ । नगरपालिका, खानेपानीको कार्यालय, वडा कार्यालय, बैङ्क, अदालत लगायतको कार्यालयहरूमा सेवा लिन जाँदा अपाङ्गता मैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन जाँदा समस्या हुने उहाँ बताउनु हुन्छ ।


सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको  भुईतला अपाङ्गता मैत्री बनेको छ । त्यसले अपाङ्गता भएको व्यक्तिहरूलाई सजिलो भएको छ तर माथिको तलामा जान भने कसैको सहारा बिना जान सम्भव छैन । अब निर्माण हुने हरेक भौतिक संरचनाहरू अपाङ्गतामैत्री बनाउन सबै सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको बताउनु हुन्छ । राज्यले अपाङ्गता भएका व्यक्तिहरूलाई भत्ता उपलब्ध गराए पनि उनीहरूको उचित संरक्षण भने नगरेको उहाँको भनाई छ ।


तीनपाटन गाउँपालिका सिन्धुली बेलघारीका जित बहादुर आले अहिले २८ वर्ष पुग्नु भयो । बाल्यकालमा साथीहरू सँग खेल्दा ढाड सड्किएर समस्या भएको थियो । परिवारले के भएको हो भन्ने पत्ता लगाउन सकेनन् । धामी झाँक्री लगाएर देखाए तर निको भएन त्यति बेला डाक्टरलाई देखाएको भए निको हुथ्यो भन्ने पश्चाताप परिवार र आलेलाई छ । कम्मर भन्दा तलको भाग चल्दैन, अहिले उहाँ ह्विलचियरको साहयताले हिँडडुल गर्नुहुन्छ ।


आलेले पढाई लाई भने निरन्तरता दिनु भयो । अहिले उहाँ स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहनु भएको छ । बेलघारीमै आफ्नै इलेकट्रोनिक पसल छ । उहाँ भन्नुहुन्छ ‘सामान्य हाम्रो परिवारको लागि इलेक्ट्रोनिक पसलको खर्च चलेको छ, मलाई कसैको बोझ बन्नु परेको छैन आफै गर्न सक्छु’ । सार्वजनिक स्थलहरूमा हिँडडुल गर्न भने उहाँलाई पनि सहज छैन । सार्वजनिक स्थलहरूमा अपाङ्ग मैत्री नहुँदा अप्ठ्यारो हुने उहाँको भनाई छ ।

 

सरकारले उपलब्ध गराउने भत्ता लिन २० किलोमिटर टाढा सिन्धुलीमाडी बजार पुग्नु पर्छ । गाउँदेखि बैङ्क सम्म एक्लै आउन सम्भव छैन । कसैको सहारामा बैङ्क सम्म आएपनि भत्ता लिने बैङ्क अपाङ्ग मैत्री छैन । दोस्रो तल्लामा भएकोले बैङ्कमा कसैको सहारा लिएर जानु पर्छ । शारीरिक रूपमा व्यक्ति अपाङ्गता भए पनि सिप सिकेर धेरै काम गर्न सक्ने उहाँको अनुभव छ । इलेक्ट्रोनिक पसल गर्नु भन्दा अगाडी उहाँले सिप सिक्नु भयो ।

आले भन्नु हुन्छ असम्भव कुरा केही छैन, राज्यले अन्य नागरिकको सरह समान अधिकार दिए अपाङ्गता भएको व्यक्तिहरूले पनि राम्रो जीवन यापन गर्न सक्छन् भन्ने उदाहरण आफै बन्नु भएको छ । कुनै पनि कार्यालय तथा संस्थाहरूमा सहज रूपमा आवतजावत गर्नको लागि अपाङ्गतामैत्री संरचना र वातावरण भए जीवन झनै सहज हुने बताउनु हुन्छ । तीनपाटन गाउँपालिका १ नं. वडा कार्यालय भवन अपाङ्गता मैत्री छ । अन्य सार्वजनिक कार्यलयहरु अपाङ्गमैत्री बनाउनु पर्ने धारण राख्नु हुन्छ । यस विषयमा बारम्बार ध्यानाकर्षण गराए पनि कसैको ध्यान नगएको बताउनु हुन्छ ।


गोलन्जोर गाउँपालिका ४ सिन्धुलीका बल बहादुर सार्कीको पनि समस्या उस्तै छ । घर बनाउने क्रममा लडेर मेरुदण्ड भाँचियो । तीन वर्ष भयो ह्विलचियर सहारामा हिँडडुल गर्नुहुन्छ । स्वास्थ्य जाँच गराइरहनु पर्छ । चार सन्तानका पिता सार्की सिन्धुली सदरमुकाममा बस्नु हुन्छ । उहाँ भन्नु हुन्छ ‘छोराछोरी सानै छन्, श्रीमती एक्लैले परिवार पालेकी छिन्, मलाई सरकारले दिने अपाङ्गता भत्ताले थोरै भए पनि परिवारको आर्थिक भार कम भएको छ’ । तर त्यतिले मात्र उहाँ सन्तुष्ट हुनुहुन्न ।


परिवारको आर्थिक अवस्था कमजोर भएकाले बसेर गर्ने कामको खोजीमा हुनुहुन्छ । कुनै पनि कार्यलयहरुका भौतिक संरचनाहरू अपाङ्गता मैत्री नहुँदा काम नपाइने र आफूलाई पनि सहज नहुने उहाँको भनाई छ । अपाङ्गता मैत्री भौतिक संरचना निर्माण नहुँदा आफू जस्तै अन्य व्यक्तिहरूले समस्या झेल्नु परेको उहाँको अनुभव छ ।  


कमलामाई नगरपालिका ७ की चमलादेवी कार्कीको कथा पनि उस्तै छ ।  १३ वर्ष भयो ह्विलचियरमा बसेर आफ्नो दैनिकी चलाउदै आउनु भएको । घरको बरन्डाबाट लडेर कम्मर मुनीको भाग नचल्ने भएपछि ह्विलचियर को साथमा जीवनलाई सहज बनाई रहनु भएको छ । दुई छोरा बुहारी छन् उनीहरूसँगै कमलामाई नगरपालिका ७ माझीटारमा बस्नु हुन्छ । उहाँ भन्नु हुन्छ ‘छोरा बुहारीले पकाएर खान दिन्छन्, वरपर गफ गर्नको लागि ह्वीलचियर गुडाउँदै जाने गरेको छु’ । कार्कीलाई घुमफिर गर्न  मन पर्छ । 


सरकारले दिने भत्ता लिन बजार जाँदा ह्विलचियर गुडाएर बजार डुल्न हुन्छ । आफूलाई मन परेको सामान किन्नु हुन्छ । तर बैंकमा पैसा निकाल्न एक्लै सक्नु हुन्न । कसैको सहारा लिएर माथ्लो तलामा जानै पर्छ ह्विलचियर गुडाएर सार्वजनिक ठाउँहरू कार्यालय, होटेल, जान नसकिने भएपछि ती संरचानाहरु आफ्नो लागि नभएको उहाँको भनाई छ । 


सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटा सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएको व्यक्तिहरूले सिन्धुलीमा सरकारी रूपमा प्राप्त हुने सेवा सुविधा सहज रूपमा पाउन  नसकेको बताउनु हुन्छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका, वडा कार्यलय, बैङ्क, विद्यालय, प्रहरी कार्यलय जस्ता दैनिक रूपमा आबश्यक पर्ने कार्यलयहरु बाट अपाङ्गता भएको व्यक्तिहरूले सेवा सहज तरिकाले नपाएको उहाँको भनाई छ । कानून कार्य बिधीमानै  अपाङ्गमैत्री संरचनाहरू बनाउनु पर्ने व्यवस्था भए पनि जिल्लामा त्यस्तो हुन नसकेको बताउनु  भयो ।

 

सिन्धुलीले अपाङ्ग महिला सङ्घ सिन्धुलीले अब बन्ने हरेक संरचना अपाङ्गमैत्री बनाउन बारम्बार सरोकारवाला निकायलाई ध्यानाकर्षण गराई रहेको उहाँको भनाई छ । नेपालको संविधानको धारा ४२ मा रहेको सामाजिक न्यायको हक को उपधारा (३) मा अपाङ्गता भएको नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउन र सार्वजनिक सेवा तथा सुविधामा सम्मान पहुँचको हक हुने व्यवस्था गरिएको छ । तर व्यबाहारिक रुपमा भने त्यसो हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ज्येष्ठ नागरिकको खुशी फर्काउने ज्येष्ठ नागरिक केन्द्र 

कल्पना भुजेल सिन्धुली । सिन्धुली भिमानका हरिबहादुर थापा उमेरले ८५ वर्ष पुग्नु भयो । उमेरले पाको भए पनि फुर्तिलो देखिनु हुन्छ । थापा हिँडडुल, घुमफिर