१६ बर्षिय किशोरी सुनिता जोगी कमलामाई नगरपालिका ६ को वडा अध्यक्षमा
सिन्धुली, पुष ९, २०८१ मंगलबार ।
कमलामाई नगरपालिका ६ की १६ बर्षिय किशोरी सुनिता जोगी कमलामाई नगरपालिका ६ को वडा अध्यक्ष बन्नु भएको छ । प्लान इन्टरनेशन नेपाल र मानव तथा राष्ट्रिय विकास समाज ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा संचालित गल्स टेकओभर कार्यक्रम मार्फत १६ बर्षिय किशोरी सुनिता जोगी एक दिनको लागि वडा अध्यक्ष बन्नु भएको हो ।
प्लान नेपालले किशोरीहरुको अधिकार संरक्षण र सशक्तीकरणका क्षेत्रमा बिभिन्न कामहरु गर्दै आएको छ । यस गल्स टेकओभर एउटा कार्यक्रम मात्रै नभइ किशोरीहरुलाई नेतृत्व प्रदान गर्ने, क्षमता विकास गर्ने, समाजमा रहेका बिभिन्न समस्याहरुमा किशोरीहरुलाई प्रत्यक्ष सहभागि गराइएको ह्याण्स नेपाल सिन्धुलीकी कार्यक्रम संयोजक कमला लामाले जानकारी दिनुभयो । गल्स टेक ओभर अभियानले बाल अधिकार, लैगिंक हिंसा, स्थानीय तहका बिभिन्न अभियानहरुमा किशोरीहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराएको उहाँको भनाई छ ।
एक दिनको लागि अध्यक्ष बन्नुभएकी सुनिता जोगीले कमलामाई नगरपालिका तथा वडा नं. ६ अन्तर्गतको शिक्षा, स्वास्थ्य, महिला बालबालिका, योजना शाखा लगायतका शाखा मार्फत भइरहेका काम, समस्या र चुनौतीको बिषयमा सम्बन्धीत शाखा प्रमुखहरु वडा नं. ६ का वडा सचिव बाट जानकारी लिनुभएको थियो ।
कार्यक्रममा सहभागी किशोरी हरुले बिद्यालयमा बितरण गरिने सेनेटरी प्याड एउटै साइजको हुदाँ समस्या भएको, स्थानीय तहले बिद्यालयहरुलाई एकै पटकमा प्याड वितरण गरेकाले म्याद सकिएको हुने, बिद्यालयमा भएको महिनावारी ब्यवस्थापन कक्ष दिउँसोको समयमा मात्रै खुल्ने भएकाले बिहान पढ्न जानेलाई समस्या हुने गरेको, हाइवेमा रहेको बिद्यालयहरुमा मानीस सडक पेटिको निर्माण गर्नुपर्ने, किशोर किशोरीहरुमा सामाजिक संजालको दुरुपयोग बढेको र लागुऔषधको प्रयोग बढेकाले त्यसलाई रोक्ने किसिमको कार्यक्रमहरु ल्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाले वडालाई बालमैत्री घोषणा गरिसकिएको बताउदै बालबालिका र किशोरकिशोरीहरुलाई प्राथकिमकतामा राखेर काम गरेको बताउनुभएको छ । वडाले गर्ने कामको योजना हरु बनाउदा बालबालिका, किशोरकिशोरी हरुलाई सहभागि गराउने गरेको उहाँले बताउनुभयो । साथै यस्ता किसीमका कार्यक्रमले किशोरीहरुको मनोबल बढ्ने र सशक्तिकरणमा टेवा पुग्ने उहाँको भनाई छ ।
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन
सिन्धुली, पुष ११, २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका
जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न
सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको
प्रतिकृया दिनुहोस