काँग्रेस क्षेत्र नं. २ सिन्धुलीको क्रियाशिल सदस्यता फारम वितरण शुरु 

RadioSiddhababa


सिन्धुली, पुष ६ २०८१, शनिबार ।


नेपाली काँग्रेस सिन्धुलीले क्रियाशिल सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया शुरु गर्न थालेको छ । पार्टीको वडा स्तरका कार्यकर्तालाई सदस्यता वितरणका लागि क्रियाशिल सदस्यता फारम वितरण लगायतका काम शुरु गरेको हो । 

 

पार्टीको क्षेत्र नं. २ ले शनिबार मातहतका वडा समितिलाई क्रियाशिल सदस्यता फारम वितरण  गरेको छ । अधिवेशनको समयमा मात्र सदस्यता नविकरण गर्ने परिपाटीलाई अन्त्य गर्ने गरी क्रियाशिल सदस्यता फारम वितरण गरेको क्षेत्रिय सभापती कुमार ढकालको भनाई छ । 


क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा पालिका तथा वडा स्तरका नेताहरुले पार्टीको माथिल्लो तहबाट तल्लो तह निर्देशित नहुदा संगठन चलायमान हुन नसकेकोमा चिन्ता व्यक्त गरेकाछन् । पार्टीले गर्ने कार्यक्रम देखि नियमित बैठकका सवालमा समेत जिल्ला स्तरबाट आवस्यक निर्देशन नभएको उनीहरुको गुनासो छ ।

 
यता जिल्ला तहका नेताले भने पार्टीको संस्थापक विपी कोइराला लगायतका नेताहरुको मार्गदर्शनका आधारमा पार्टी चलायमान हुन आवश्यक रहेकोमा जोड दिएकाछन् । नेताहरुले व्यापक समस्याका बाबजुद पनि उत्साहजनक रुपमा संगठनमा लाग्नु पर्ने बताएकाछन् । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न

सिन्धुली, चैत २४, २०८१ आइतबार ।   राष्ट्रिय स्वतन्त्र पार्टी कमलामाई नगरपालिका ४ र ६ को वडा अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै कमलामाई

RadioSiddhababa

संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले सिन्धुलीको जागरणसभा

सिन्धुली, चैत १८, २०८१ सोमबार ।   नेकपा एमाले सिन्धुलीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरण सभा गरेको छ । मूलुकमा अस्थिरता र अराजकता

RadioSiddhababa

पूर्वराजा ज्ञानेन्द्र लाई हिंसा र गुण्डा गर्दी गर्न छुट छैन् ः प्रचण्ड

सिन्धुली, चैत १७, २०८१ आइतबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  पूर्वराजा ज्ञानेन्द्र शाह लाई हिंसा र गुण्डा गर्दी गर्न