पत्रकारको क्षमता अभिवृद्धी पहिलो प्राथमिकता हुनु पर्नेमा जोड
सिन्धुली, पुष ११ २०८१ बिहिबार ।
सिन्धुलीमा पत्रकारका क्रियाशिल संघ संगठनले उनीहरुको क्षमता अभिवृद्धी पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिइएको छ । पत्रकारका सबै संघ संगठनको एउटै उद्धेश्य पत्रकारको हकहितमा काम गर्नुका साथै उनीहरुको क्षमता विकास गर्नु नै रहेकाले अवसरको खोजी गर्नु भन्दा क्षमता अभिवृद्धीमा लागिपर्नु पर्नेमा जोड दिइएको हो ।
क्रियाशिल पत्रकार महिला सिन्धुलीले आज महासंघका नवनिर्वाचित कार्यसमिति तथा बागमती प्रदेश उपाध्यक्ष तथा सदस्यका लागि बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्ने पत्रकारले यस्तो बताएकाहुन् ।
क्रियाशिल पत्रकार महिला सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा महासंघको बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डेले पत्रकारमा लगनशिलता हुनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताले पत्रकारहरुले अवसरलाई भन्दा पनि आफ्नो लेखन कर्मलाई प्राथमिकता राखेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन
सिन्धुली, पुष ११, २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका
जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न
सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको
प्रतिकृया दिनुहोस