जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न

RadioSiddhababa

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।


स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको छ । कमलामाई नगरपालिकाको वडा नं. १२, कवासे, दुधौली नगरपालिकाको वडा नं ३ निपाने र मरिण गाउँपालिका वडा नं. ७ जयगमंगलका ६१ जना कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तालिम प्रदान गरीएको हो । 


पछिल्लो समय बाली उत्पादनको नाममा बड्दो रासायनिक बिषादीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती भइरहेको तथा कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने बिभिन्न बिषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको हुँदा यसको न्युनिकरणमा सहयोग पुग्ने मुख्य उदेश्यले तालिम प्रदान गरिएको हेण्ड्स नेपाल सिन्धुलीका परियोजना संयोजक रामानन्द बैठाले जानकारी दिनुभयो । कृषकहरुले जमिनलाई कम क्षती गरी बाली उत्पादन गरे प्रकृति र वातावराणमा असर पर्ने बारे कृषकहरुलाई तालिम मार्फत सचेत गराईएको छ ।


तालिममा वाली उत्पादनको क्रममा सामान्य रोगकै कारण बिषादी प्रयोग गरिहाल्नु नपर्ने, सकेसम्म बिषादीको प्रयोग नै नगर्ने यदि गर्नै परेपनि अन्तिम बिकल्पको रुपमा कम बिशाक्त भएको बिषादीको प्रयोग गर्नु पर्ने जानकारी गराइएको छ । कृषकहरुलाई बालीमा बिषादीको प्रयोगले जमिनलाई पुग्न सक्ने क्षतीको, रुैथाने बालि साथै जैबिक बिषादीको प्रयोग गर्नु पर्ने कुरामा जोड दिएको छ । 


स्थानीय सामाग्रीको प्रयोग गरी विषादी बनाएर बालीमा प्रयोग गरे मानव स्वास्थ साथै बातावरण मैत्री रुपमा बाली उत्पादन हुने जनाईएको छ । अबका दिनमा कृषकहरुले जलवायु मैत्रि प्रबिधि अपनाएर स्थानीय तथा रैथाने बालिको उत्पादनमा नयाँ प्रविधि र नयाँ ढँगले सुरुवात गर्ने प्रतिवद्धता जनाएका छन् ।


जलवायु मैत्री कृषि (Climate-smart agriculture) दिगो कृषि विकासको एउटा पद्धति हो जसले दिगो विकासका तीनै आयामहरू (आर्थिक, सामाजिक र वातावरणीय) लाई एकिकृत गराई खाद्य सुरक्षा र जलवायुजन्य चुनौतीहरूको सम्बोधन गर्न मद्दत पुर्याउँछ । अर्थात जलवायु मैत्री कृषि पद्धतिले जलवायु परिवर्तनको संघारमा खाध सुरक्षाका लागि कृषि क्षेत्रको विकासलाई दिगो बनाउन मद्दत गर्छ जसले गर्दा कृषि उत्पादनमा बृद्धि हुन्छ, कृषि क्षेत्र जलवायु परिवर्तन सँग अनुकुल हुन्छ र कृषि क्षेत्रले न्यून कार्वन उत्सर्जनको बाटो लिएको हुन्छ । 


प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुलीको साझेदारीमा संचालीत गल्र्स स्ट्याण्डीङ स्ट्रोङ जि.एस.एस परियोजना अन्तर्गत संचालन भएको तालिमको सहजीकरण स्थानीय सरकारका कृषी प्राविधिकहरुले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा

RadioSiddhababa

सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका

RadioSiddhababa

पत्रकारको क्षमता अभिवृद्धी पहिलो प्राथमिकता हुनु पर्नेमा जोड 

  सिन्धुली, पुष ११ २०८१ बिहिबार ।   सिन्धुलीमा पत्रकारका क्रियाशिल संघ संगठनले उनीहरुको क्षमता अभिवृद्धी  पहिलो प्राथमिकतामा राख्नु पर्नेमा