चिलिङ्ग भ्याट मर्मत संम्भार तथा संचालन सम्बन्धी ५ दिने तालिम सिन्धुलीमाढीमा सुरु

RadioSiddhababa

सिन्धुली, पुष ८, २०८१ सोमबार ।

 

चिलिङ्ग भ्याट मर्मत संम्भार तथा संचालन सम्बन्धी ५ दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ  । राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहरभवन ललितपुरको आयोजनामा ५ दिने तालिम आज बाट सिन्धुलीमाढीमा सुरु भएको हो । 


चिलिङ्ग भ्याट संचालन गर्ने तरिका, मर्मत संम्भार र रेखदेख, दुध चिसो पार्ने तरिका सिकाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा दुधको महत्व, चिलिङ्ग भ्याट संचालन तथा मर्मत लगायतको बिषयमा सिकाइने दुग्ध ब्यवसायी संस्थानका बिज्ञ सुवास भट्टराईले जानकारी दिनुभयो ।


तालिममा सिन्धुली, सर्लाहि र धनुषाका गरि १५ जना दुग्ध सहकारीका ब्यवस्थापक तथा दुग्ध विकास संस्थान अन्तर्गतको चिस्यान केन्द्रमा कर्मचारीहरुको सहभागिता रहेको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा

RadioSiddhababa

सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका

RadioSiddhababa

जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न

सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको