पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी

RadioSiddhababa

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।

 

पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीले प्रेस बिज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघ शाखा सिन्धुलीका सदस्य तथा नेपाल समाचार दैनिका सिन्धुली संवाददाता नेपालीले तयार पार्नुभएको “सम्झौता अवधी सकिदा सिम्ले हायुटार सडकको प्रगती ४५ प्रतिशत” भन्ने शिर्षककमा २०८१ पुष ११ गते नेपाल समाचार दैनिममा समाचार प्रकाशन भएको थियो ।

 

सोहि समाचार लेखेको भन्दै पत्रकार नेपालीलाई सडक निर्माणको जिम्मा लिएका ब्यक्तीले धम्क्याएको प्रति पत्रकार महासंघ सिन्धुलीले बिज्ञप्ति जारी गरेको हो । सडक निर्माणको लागि ठेक्का सम्झौता जयबाबा गोरख सारस बालकोट जेभिले गरेकोमा सडक निर्माणको लागि जिम्मेवारी लिएका सुवास वाइवाले धम्क्याउनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्याजती हो बिज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित समाचार प्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याएको यो घटना प्रेस स्वतन्त्रता विरुद्ध छ । अराजक र अशोभनिय हर्कतले पत्रकार लाई पेसाप्रति हतोत्साहित र त्रसित बानाउनुका साथै बिचार र अभिब्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुग्ने महासंघको ठहर छ । महासंघ प्रेसको संबैधानिक अधिकारको सम्मान गर्न र यस किसिमको दोहोरिन नदिने वातावरण निर्माण गर्न सम्बन्धीत निकाय संग माग गरिएको छ ।


साथै नेपाल पत्रकार महासंघ सिन्धुली शाखा प्रेस विरोधी यस्ता घटनाको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याएर प्रेसका संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन

सिन्धुली, पुष ११, २०८१, बिहिबार ।   सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका

RadioSiddhababa

जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न

सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको

RadioSiddhababa

पत्रकारको क्षमता अभिवृद्धी पहिलो प्राथमिकता हुनु पर्नेमा जोड 

  सिन्धुली, पुष ११ २०८१ बिहिबार ।   सिन्धुलीमा पत्रकारका क्रियाशिल संघ संगठनले उनीहरुको क्षमता अभिवृद्धी  पहिलो प्राथमिकतामा राख्नु पर्नेमा