गोलन्जोर गाउँपालिका ६ स्थित घोक्सिला खोलामा निर्माण हुने पक्की पुलको शिलान्यास
सिन्धुली, पुष ८, २०८१ सोमबार ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित घोक्सिला खोलामा पक्की पुल निर्माणको लागि सिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिका ६ घोक्सिलामा निर्माण हुन लागेको बाराहा–घोक्सिला जोड्ने पुलको गाउँपालिका अध्यक्ष शंकर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकारले संयुक्त रुपमा एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय बाट बिनियोजित ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसामा पुल निर्माण हुनेछ । आगामी १८ महिना भित्र पुल निर्माण सम्पन्न गर्नेगरि श्रृजना निर्माण सेवा कम्पनीले निर्माणको ठेक्का लिएको छ ।
पुलको शिलान्यास कार्यक्रमको अवसरमा गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर राज बरालले उक्त ठाउँमा पुल नहुँदा बर्खामा धेरै दुःख पाएको बताउदै अब पुल निर्माण पश्चात यस क्षेत्रको नागरिकलाई बाह्रै महिना सहज यात्राका लागि सघाउ पु¥याउने बताउनुभएको छ । पुलको आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरी, निर्माण व्यवसायी प्रमुख एंव प्रतिनिधिहरु, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
पत्रकार बुद्ध नेपालीलाई दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रेस बिज्ञप्ति जारी
सिन्धुली, पुष ११, २०८१, बिहिबार । पत्रकार बुद्ध नेपालीलाई प्रकाशित समाचारको बिषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा
सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत भवनको उद्धघाटन
सिन्धुली, पुष ११, २०८१, बिहिबार । सिन्धुलीको तीनपाटन गाउँपलिका वडा नं. ७ को नवनिर्मीत वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ । तीनपाटन गाउँपालिका
जलवायु मैत्री कृषि प्रणली सम्बन्धि तिन दिने तालिम सम्पन्न
सिन्धुली, पुष ११, २०८१, बिहिबार । स्थानीय अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली सम्बन्धि तिन दिने तालिम सिन्धुलीको ३ पालिकाहरुमा सम्पन्न भएको
प्रतिकृया दिनुहोस