बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

RadioSiddhababa

सरला सुनुवार सिन्धुली । 

 

गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो कुरा अरूलाई सुनाउन पाउँदा  खुसी हुन्थिन्  । उनी बाल क्लबको सदस्य पनि थिइन् तर मन्दिरा विद्यार्थी भएका कारण धेरै जसो समय विद्यालय र सामान्य घरको काम गरेर बिताउँथिन् । 


एक दिन उनी विद्यालयमा पढ्दै गर्दा ,गलत साथीको सङ्गतमा पुगिन् । घरमा स्कुल जान्छु भनेर बिच बाटोमा पुगेपछि , साथीहरू सँग मिलेर, स्कुलका लागि लगाएको पोसाक बदलेर बजार घुम्न थालिन् । साथीहरू सँग बजार घुम्न पाउँदा उनी खुसी हुन्थिन् । उनले आफ्नो समूह भित्रको एक जना साथीलाई असाध्यै विश्वास गर्थिन् । आफ्नो हरेक कुरा उनैलाई सुनाउने गर्थिन् । एक दिन उनले सुटुक्क आफू स्कुल नगर साथीहरू सँग बजार घुमेको, रमाएको कुरा साथीलाई सुनाइन्  । आफ्नो कुरा कसैलाई पनि नभनिदिनु है भनेर साथीलाई बाचा गराइन् तर विश्वास गरेको साथीले  उनको कुरा सबैलाई सुनाई दिए । मन्दिराले घरमा गाली खाइन् त्यति बेला मन्दिरालाई बुबा आमाको गाली भन्दा पनि आफूले विश्वास गरेको साथीले आफ्नो विश्वास तोडेकोमा  दुख लागेको सुनाइन् ।  यदि उनले बेलैमा आफूले सही साथी चिन्न सकेको भए आफूले गलत गर्दिन थिए भन्ने बुझिन् ।  त्यति बेला उनी आफ्नो जीवनको कुनै लक्ष्य र उद्देश्यको प्रस्ट थिइनन् ।

 
उनले एक दिन कक्षा कक्षा १० मा पढ्दै गर्दा रूपान्तरण तालिममाको बारेमा थाहा पाइन्  र वडाकै सिफारिसमा रिलिफ नेपाल सिन्धुलीले वल्र्डभिजन इन्टरनेशजल  नेपालको साझेदारीमा गोलन्जोर गाउँपालिकामा सञ्चालन गरिरहेको एकीकृत  संरक्षण तथा समुदाय संग्लनाता परियोजना मार्फत, रूपान्तरण तालिममा सिन्धुली सदरमुकाममा आएर दश सम्म तालिममा सहभागी हुने अवसर पाइन् । तालिममा उनको भेट प्रशिक्षक निरज न्यौपाने सँग भयो आफू जस्तै उमेरका अन्य साथीहरूलाई भेटिन्  त्यो उनको लागि जीवनको सबै भन्दा महत्त्वपूर्ण क्षण बताइन् । त्यही तालिम बाट उनले आफूलाई बदलेको बताइन् ।


पहिले उनी आफू भन्दा सानो उमेरको साथीहरूलाई पिटी हाल्थिन् उनले तालिममा आएर सुरुमा आफ्नो यही कुरालाई बदलेको बताइन् । आफूले गर्ने सही र गलत कुरा बुझिन् , आफूले आफैलाई बुझे पछि अरूलाई बुझाउन सकिन्छ भनेर थाहा पाइन् ।  जीवन उपयोगी सिप सिकिन् विश्वासिलो साथी को हुन सक्छ भन्ने कुरा थाहा पाइन् । वरपर छरछिमेक ,स्कुलका साथीहरूलाई आफूले विश्वास दिलाउन नसकेर उनीहरूले पनि आफूलाई विश्वास गरेनन् भन्ने पत्ता लगाइन् । अहिले मन्दिराले आफ्नो विश्वासिलो पात्र बुबा आमालाई मान्ने गरेकी छिन् । आफ्नो बारेमा बुबा आमा सँग खुलेर कुरा गर्छिन् । उनी भन्छिन् तर सबै साथीहरूको विश्वासिलो पात्र मेरा जस्तै बुबा आमा नहुन पनि सक्छ कसैको लागि शिक्षक , दाइ, दिदीहरू विश्वासिलो साथी बन्न सक्छन् ।

 

एउटा अवसरले यति धेरै परिवर्तन हुन्छु भन्ने मन्दिराले सोचेकी थिइनन् । रूपान्तरण तालिममा दश दिन सम्म बस्दा उनले गरेको मेहनत , धैर्यता अठोटले सफल भइन् । मन्दिरालाई अहिले समुदायमा परिवर्तन संवाहक मान्छन् । गाउँमा आफूजस्तै उमेर समूहको साथीहरूलाई मन्दिराले तालिम लिएपछि २४ हप्ता सम्म रूपान्तरण कक्षा सञ्चालन गरिन् । स्थानीय सरकार सँग मिलेर बालबालिकाको लागि काम गरेकी छिन् । रूपान्तरणको बारेमा समुदायको अभिभावकलाई बुझाएकी छिन् । स्थानीय सरकार सँग मिलेर उनले बालबालिकाको अधिकारको बारेमा ,वडामा गएर आफ्नो कुरा राख्छिन् । उनी अहिले गोलन्जोर गाउँपालिकाको पालिका स्तरीय बाल सञ्जालको अध्यक्ष भएकी छिन् । रूपान्तरण तालिम लिएर अहिले उनी अरू किशोर किशोरीलाई रूपान्तरण तालिम दिन सक्ने भएकी छिन् । मरिन्दरा अहिले आफ्नो लक्ष्य र उद्देश्यको बारेमा प्रस्ट छिन् ।अहिले मन्दिरा १७ बर्षकी भइन्  कक्षा १२ मा अध्ययन गर्दे छिन् ।

 


 

एक बर्ष अघि ,तारा सुनुवारले मन्दिरा संग रुपान्तरण तालिम लिएकी थिइन् । ताराको घर फिक्कल गाउँपालिका पाँच सोल्पाठाना हो । तारालाई साथीहरूले पुतली, चन्चले जस्ता उपनामले पनि चिन्छन् । तारा, चन्चलता र चुलबुलेपन आफ्नो स्वभाव भएको बताउँछिन् ।


ग्रामीण परिवेशमा जन्मिएको ताराको बाल्यकाल सुखमय भने थिएन । २०६१ सालमा उनी जन्मिएकै बर्ष बाबुको मृत्यु  भए पछि आमाकै रेखदेखमा हुर्किन् । ताराले छोरी भएकै कारण बिभेद् झेलेकी छिन् । छोरा र छोरीमा गरिने बिभेदको कारण उनले मासिक हिंसा भोगेकी थिइन् ।उनले धेरै पटक आफू माथि के भई रहेको छ भन्ने कुरा बुझ्न नसकेर आत्मा हत्याको प्रयास गरेको सुनाइन् । घर, विद्यालय दुवै बाट उनले राम्रो संस्कार सिक्न सकिनन् तर उनी जीवलाई बुझ्ने एउटा राम्रो अवसरको खोजीमा थिइन् ।


एक दिन स्कुलमा उनले साथीहरू मार्फत,बक्तृत्वकला प्रतियोगिता हुदैछ भन्ने खबर सुनिन् । महिनावारी दिवसको अवसरमा उनले बक्तृत्वकलाको प्रतियोगितामा भाग लिने अवसर पाइन् । बक्तृत्वकला प्रतियोगितामा उनी प्रथम भइन् ।  बक्तृत्वकलाक प्रतियोतामा प्रथम हुनु उनको जीवनको लागि महत्त्वपूर्ण, एउटा खुड्किलो बन्यो । उनले बक्तृत्वकलामा राखेका बिचार सुनेर केही गर्ने क्षमता छ भन्ने कुरा ,स्कुलका विद्यार्थी, साथी ,शिक्षक ,अन्य सङ्घसंस्थाका प्रतिनिधिहरू सबैले थाहा पाएको ताराले बताइन् । त्यस पछि रिलिफ नेपाल सिन्धुलीले वल्र्डभिजन इन्टरनेशजल  नेपालको साझेदारीमा फिक्कल गाउँपालिकामा सञ्चालन गरिरहेको एकीकृत  संरक्षण तथा समुदाय संग्लनाता परियोजना मार्फत  उनले रूपान्तरण तालिममा सिन्धुली सदरमुकाममा आएर दश सम्म तालिममा सहभागी हुने अवसर पाइन् ।


तालिममा उनले  दश दिन सम्म रचनात्मक तरिकाले ,जीवन जिउने कला, आत्मा रक्षा, आफ्नो लक्ष्य, उद्देश्य साथीहरूको सङ्गत ,आफू को हुँ ,के गर्न सक्छु भन्ने कुरा सिकिन् र जीवन बदल्ने अवसर पाएको बताइन् । तालिम पश्चात ताराले गाउँमा गएर नेतृत्व गर्ने थालिन् । सुरुमा कसैले पत्याउदैनकी भनेर डराएकी थिइन् तर उनको आत्मा बिश्वाले उनलाई अघि बढ्न प्रेरित गरेको बताइन् । समुदायमा उनले बालबालिकाको लागि सरोकारवाला निकाहरू सँग मिलेर काम गरेकी छिन् । स्थानीय सरकारलाई बालबालिकाको बिषयमा बुझाएकी छिन् । फिक्कल गाउँपालिका ५ मा हुने बालविवाह रोक्न ताराले मदत गरेकी छिन् । फिक्कल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन  बनाउन उनले लागि आवाज उठाएकी छिन् । 

 


फिक्कल गाउँपालिका ५ सोल्पाठानामा उनले, आफूजस्तै उमेर समूहका साथीहरूलाई आफूले सिकेको,  बुझेको कुरा तालिम लिएर फर्किए पछि २४ हप्ता सम्म जीवन उपयोगी सिप सिकाइन्  । उनले त्यहाँ बाट धेरै कुराको अनुभव बटुलेको सुनाइन् । बाल्यकालमा उनले स्टाफ नर्स बन्ने सपना देखेकी थिइन् । तर रूपान्तरण तालिमले उनलाई आफ्नो लक्ष्यको बारेमा प्रस्ट बनाई दिएको बताइन् । साथी सहजकर्ताको रूपमा उनले गाउँमा रूपान्तरण कक्षा सञ्चालन गर्दा, आफ्नो अरूलाई बुझाउन सक्ने खुबी छ भन्ने पत्ता लगाउन् । रूपान्तरण कक्षाका सहभागिले उनलाई मिस सम्बोधन गर्दा थप हौसला प्राप्त भएको बताइन् । अहिले उनको शिक्षक बन्ने लक्ष्य रहेको छ । त्यसको  लागि उनी मेहनत पनि गरिरहेकी छिन् ।  थप शिक्षाको लागि शिद्धज्योति शिक्षा क्याम्पस फ्रोस्रेटारमा शिक्षा सङ्कायमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् ।

 


मन्दिरा र ताराले केही बर्ष अघि  रूपान्तरण तालिम लिएर ,आफू बदलेर ,अरूलाई पनि बद्लन सक्छु भनेर लागि परे र सफल पनि भए । अहिले उनीहरू दुवै जान , रिलिफ नेपाल सिन्धुलीको आयोजना र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साझेदारीमा कमलामाई नगरपालिका ६ सिन्धुली होटेल सिन्धुली इनमा, मङ्सिर ३० देखी गते पुस ९ गते सम्म सञ्चालन भइरहेको रूपान्तरण जीवन उपयोगी सिप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिममा सहायक प्रक्षिकको भूमिकामा छन् । तारा र मन्दिरा मुख्य प्रशिक्षक, निरज न्यौपाने संगै एउटै मञ्चमा उभिएर सहायक प्रशिक्षक आफुलाई पाउदा खुसीले दङ्ग छन् । रुपान्तरण तालिममा तिनपाटन गाउँपालिकाको १२ जान , गोलन्जोर गाउँपालिकाको १० जना र फिक्कल गाउँपालिकाको ८ जना गरी ३० जना १२ देखी १८ बर्ष उमेर समूहका किशोर किशोरीहरू सहभागी छन् ।


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर

RadioSiddhababa

ज्येष्ठ नागरिकको खुशी फर्काउने ज्येष्ठ नागरिक केन्द्र 

कल्पना भुजेल सिन्धुली । सिन्धुली भिमानका हरिबहादुर थापा उमेरले ८५ वर्ष पुग्नु भयो । उमेरले पाको भए पनि फुर्तिलो देखिनु हुन्छ । थापा हिँडडुल, घुमफिर