प्रविधिको प्रयोग र बालबालिका 

RadioSiddhababa

कल्पना भुजेल सिन्धुली ।


कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई दिएको, उनलाई मोबाइलमा टिकटक हेर्न र बनाउन सारै मन पर्छ । उनीको साथीहरू सँग मिलेर टिकटक बनाऊ छिन् । उनी भन्छिन् ‘बुबाको मोबाइल हेर्ने मौका साँझ बिहान, बिदाको समय कहिले कहाँ मिल्छ त्यही पनि आमाले आँखा बिग्रिन्छ नहेर भनेर गाली गर्नु हुन्छ’ । मोबाइलमा उनी टिकटक मात्र हेर्दिनन् आफ्नो गृहकार्यको लागि प्रयोग गर्ने बताउछिन् ।

 

स्कुलमा दिएको गृहकार्य पुरा गर्न उनलाई मोबाइलले सहयोग गर्छ । उनी भन्छिन् ‘युट्युबमा खोजेको कुरा सबै भेटाइन्छ त्यसैले सजिलो हुन्छ’ । अभिभावले मोबाइल नदिँदा उनी टिभीमा सिरियल, टेलीशृङखला हेर्न खुब रुचि राख्छिन् । धेरै जसो त उनलाई मोबाइल नै चलाउन मन पर्छ तर अभिभावकको अनुमति लिनु पर्ने भएकोले थोरै समयको लागि मात्र मोबाइल चलाउन पाउने बताउँछिन् । 


त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका ४ की स्मीता भुजेल कक्षा १० मा पढ्छिन् । उनलाई पनि मोबाइलमा फेसबुक, टिकटक र युटुव हेर्न एकदमै मन पर्ने बताउँछिन् । कक्षा ८ अध्ययन गर्दै थिइन् कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि उनको अधिकांश समय घरमा नै बित्यो, लामो समय विद्यालय बन्द भए पछि मोबाइल हेर्ने बानी लागेको उनको भनाई छ । कोरोना महामारीका कारण बन्द भएको विद्यालय नखुल्दा अनलाइन बाट विद्यालयले कक्षा सुरु गरेपछि परिवालेर बिना रोकावट उनलाई मोबाइल दिए ।

 

दिनको दुई घण्टा अनलाईन  कक्षा पढ्ने उनले दिनमा सात घण्टा सम्म मोबाइल पाएको बताइन् । गृहकार्य नोट म्यासेन्जरमा शिक्षकले हाल्दिनु हुन्छ भन्दै मोबाइल आफ्नै साथमा राख्न थालिन् । परिवारले विश्वास गरेर उनलाई मोबाइल राख्न दिए  । बिद्यालय खुलेपछि उनी विद्यालय जान मन नगर्ने, परिवारले भनेको उनले नमान्ने रिसाउने, झर्कने, झुट बोल्ने गर्न थाले थालिन् उनको स्वभावमा आएको परिवर्तनलाई लिएर परिवारमा छलफल भयो ।  उनी भन्छिन् त्यो समय मैले गाली खान्थे, मोबाइल धेरै चलाउन हुँदैन भन्ने बित्तिकै रिस उठी हाल्थ्यो, झगडा गर्न मन लाग्थ्यो, विद्यालय सम्म कुरा पुगेपछि, स्कुलमा शिक्षकले सम्झाए । अहिले उनले मोबाइल चलाउन कम गरेको बताइन् ।


कमलामाई नगरपालिका ४ का उत्सव पहाडी कक्षा ८ मा पढ्छन् । मोलाइलमा गेम खेल्न र युटुव हेर्न उनलाई खुब मन पर्छ । उनी भन्छन् मोलाइलमा गेम खेल्न नपाउँदा घरमा आमा सँग झगडा गर्थे मोबाइलका कारण शारीरिक सँगै मानसिक समेत असर देखा पर्ने उनले बुझेका छन् । अहिले विद्यालयले अभ्यास, नोट हरू युट्युबमा राखिदिने भएकाले मोबाइलको सहयोग लिएर पढ्ने गरेको बताउँछन् । बिदाको समयमा भने मोलाइलमा गेमहरू खेल्छन् । 


कमलामाई नगरपालिका ४ का शर्मिला पराजुली मोबाइलको प्रयोग बालबालिकाहरूको लागि फाइदा र बेफाईदा दुवै रहेको बताउनु हुन्छ । मोबाइलका कारण बालबालिकाहरू अभिभावक, साथी सँगी सँग समेट टाढा हुँदै गएको बताउनु हुन्छ ।  अहिले साथीहरू जम्मा भएर खेलहरू खेल्न छाडेको उहाँको भनाई छ । पहिले साथीहरू जम्मा भएर खेल्दा साथीभाइमा आत्मीयता बढ्नुका साथै शरीर समेत स्वस्थ हुन्थ्यो । अहिले त्यस्ता खेल तथा परम्परा हराउँदै गएको उहाँको भनाई छ  । अहिलेको बच्चाहरू स्कुल बिदाको दिन घर बाहिर खेल्न जानुको सट्टा घरमै बसेर मोबाइल खेल्न मन पराउँछन् । आफ्नो बालबालिकाहरू बाहिर जानुको सट्टा मोबाइल हेरेर घरमै बसेर मनोरञ्जन लिने बताउनु हुन्छ । 


मोबाइल मागेर हैरान बनाउँछन्, फकाएर थोरै समय मोबाइल हेर्न दिए पनि मोबाइलका कारण कुनै गलत बाटो नहिडुन भनेर रेखदेख गर्ने गरेको उहाँले बताउनु भयो । छोराछोरीको चिन्ता भने लाग्ने बताउनु हुन्छ । आँखा लगायत अन्य स्वास्थ्य समस्या, बिग्रने डर छ उहाँलाई । मोबाइलको प्रयोग सहि रुपमा गर्न सके राम्रा ज्ञानहरू समेत सिक्न सक्ने भएकोले त्यस्ता भिडियोहरू हेर्न आफ्नो नानीबाबुलाई प्रेरित गर्ने गरेको उहाँको भनाई छ । 


अहिले अभिभावकले बालबालिकालाई समय नदिँदा पनि बालबालिकाहरू मोबाइल धेरै हेर्न खोज्ने भएकाले अभिभावकले उनीहरूको कुरा सुनिदिने, खेल्ने उमेरका बालबालिका छन् भने सँगै खेलिदिने, आफ्ना रमाइला अनुभवहरू सुनाउन आवश्यक भएको उहाँ बताउनु हुन्छ । यसो गर्दा बालबालिकाहरूमा मोबाइल हेर्ने बानीमा सुधार आउने सर्मिलाले बताउनु भयो ।


त्यस्तै कमलामाई नगरपालिका ४ की यशोदा थापाको पनि दुई सन्तान छन् । छोराहरूको भविष्यलाई लिएर उहाँ चिन्तित हुनुहुन्छ । प्रविधिको प्रयोग बाट छोराहरूलाई टाढा राख्न आफूले नचाहेको बताउनु भयो । अहिले प्रविधिको प्रयोग सँगै छोराहरूलाई सही मार्गमा डोराउन उहाँले मोबाइलफोनको प्रयोग बाट आफ्नो छोराहरुले बाल्यकाल सकाएको बताउनु भयो । बेला बखत छोराहरूलाई मोबाइल चलाउन दिए पनि धेरै जसो समय उहाँ आफैले निगरानी गरेर छोराहरूलाई राखेको बताउनु भयो । मोबाइल फोनमा छोराहरूको लत बस्ला भन्ने डर थियो, त्यसैले आफैले निगरानी गरेको बताउनु भयो ।

 

विद्यालय जाने उमेर भएपछि छोराहरूको धेरै जसो समय विद्यालयमानै बित्ने भएकोले मोबाइल हेर्ने फुर्सद उनीहरूलाई हुँदैन थियो । बिहान बेलुकी विद्यालयको गृहकार्यले व्यस्त हुने भएपछि झनै सजिलो भएको उहाँको भनाई छ । यशोदाको दुवै छोराहरू मोबाइलमा गेम खेल्न रुचि राख्थे । यशोदा भन्नु हुन्छ मोबाइलमा उनीहरूको लत भने कहिले लागेन । एसइई सकिए पछि ठुलो छोरालाई मोबाइल आफैले किनिदिएको बताउनु भयो । अहिले ठुलो छारो कक्षा ११ मा अध्ययन गर्दै छन् भने सानो छोरा ९ कक्षामा अध्यनरत छन् ।

 

मोबाइल फोनको प्रयोग उपयोग बढेसँगै फेसबुक, म्यासेन्जर, इन्स्टा, भाइबर, युटुव, विभिन्न अनलाईन गेम, युट्युब सँगै टिकटकको बढी प्रयोग हुन थाले पछि बालबालिकाहरू पनि मोबाइलमा आफ्नो धेरै जसो समय बिताउन चाहन्छन् तर अभिभावकले निगरानी गरिदिने हो भने बालबालिकाले मोबाइलको प्रयोग बाट धेरै कुरा सिक्न सक्छन् ।। 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर

RadioSiddhababa

ज्येष्ठ नागरिकको खुशी फर्काउने ज्येष्ठ नागरिक केन्द्र 

कल्पना भुजेल सिन्धुली । सिन्धुली भिमानका हरिबहादुर थापा उमेरले ८५ वर्ष पुग्नु भयो । उमेरले पाको भए पनि फुर्तिलो देखिनु हुन्छ । थापा हिँडडुल, घुमफिर