सिन्धुलीमा नेकपा एसका केन्द्रिय सदस्य शान्ता पाख्रिन सहित दर्जन नेता–कार्यकर्ता एमालेमा फर्किए 

RadioSiddhababa

सिन्धुली, माघ २२, २०८१ मंगलबार ।


नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा (एमाले) मा फर्किएका छन् । एमाले सिन्धुलीको तीन महीने जरा केन्द्रीत अभियान अभिमुखिकण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र  बागमती प्रदेश सदस्य गीता कटुवाल लगायत नेताहरु टीका र खादा लगाएर  नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।


एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने जरा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली आइपुगेका एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी विभाजन सँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापा एमाले फर्किएका नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो ।


नवप्रवेसी नेताहरुले नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निष्कर्ष सहित पुरानो घरमै फर्किएको बताएका छन् । उनीहरुलाई एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेल सहित सिन्धुली जिल्ला इञ्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य मनोज जंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।


बैठकले सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनता सँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजि सँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियान सँगै जोडेर लैजाने जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुली काँग्रेसमा सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन सबैको जिम्मेवारी बोधको खाँचो औंल्याइयो

सिन्धुली, माघ १६, २०८१ बुधबार । सिन्धुलीमा नेपाली काँग्रेस पार्टीका सबै सांगठानिक गतिविधी प्रभावकारी बनाउन जिम्मेवारी बोधको खाँचो औल्याइएको छ ।

RadioSiddhababa

बीपी राजमार्ग पुनःनिर्माणको लागि स्रोत सुनिश्चित गर्दै तत्काल निर्माण थाल्न सांसद दाहालको माग

सिन्धुली, पुष २५, २०८१ बिहिबार । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनले बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्गको

RadioSiddhababa

भ्रष्टचार नियन्त्रण र सुशासनका लागि सरकारको उपस्थिती शुन्य  ः सापकोटा

सिन्धुली, पुष १७ २०८१ बुधबार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले वर्तमान सरकार भ्रष्टचार नियन्त्रण र सुशासन  कायम गर्न पुर्ण