पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम हरिहरपुरगढी गाउँपालिकामा सम्पन्न 

RadioSiddhababa

सिन्धुली, बैशाख ९, २०८२ मंगलबार ।


सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पालिका स्तरिय लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुली र सुनौलो नेपालले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । लैङ्गिक हिंसा बिषयमा सुचना, शिक्षा तथा सशक्तीकरण गराउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षता रहेको थियो ।

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष वाइवाले लैङ्गिक हिंसा न्युनिकरणको निम्ती यस्ता कार्यक्रम विद्यालयका शिक्षक, विद्यार्थी, स्वयमसेविकाहरु, स्वास्थ्यकर्मी तथा वडा स्तरका सम्पुर्णलाई प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हिंसा हुने ठाउँका स्थानीयहरुलाई पनि समावेश गर्नुपर्ने बताउनुभएको छ । आगामी वर्षमा गाउँपालिकाको साझेदारीमा बृहत रुपमा कार्यक्रम सन्चालन गरिने उहाँको भनाई छ । 


एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सिन्धुलीका सहजकर्ता सुनिता शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ओसिएमसीको परिचय, कार्य, सेवाहरु, संचालन विधि, उदेश्य, हिंसाको प्रकार, हिंसा हुनुको प्रमुख कारणहरु तथा हिंसालाई कम गर्न सकिने उपायहरुको बिषयमा जानकारी गराईएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया

सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

RadioSiddhababa

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु 

सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड

RadioSiddhababa

उद्योग वाणिज्य संघ सिन्धुलीले पूर्व कार्यसमितिलाई धन्यवाद संगै नयाँ बर्षको शुभकामना आदान प्रदान

सिन्धुली, बैशाख ११, २०८१ बिहिबार ।     उद्योग वाणिज्य संघ सिन्धुलीले पूर्व कार्यसमितिलाई धन्यवाद संगै नयाँ बर्ष २०८२ सालको शुभकामना आदान