सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु 

RadioSiddhababa

सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार ।


सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीले आयोजना गरेको फुड भेस्टिवल जिल्लाको कमलामाई नगरपालिका ६ खुल्लामञ्चमा सुरु भएको हो । फेस्टिवलको सिन्धुली उद्योग वाणिज्य संग सिन्धुलीका वरीष्ठ उपाध्यक्ष देव नारायन श्रेष्ठले उद्धघाटन गर्नुभएको छ ।


उद्धघाटन कार्यक्रममा उहाँले फुड फेस्टीभले आन्तरीक तथा बाह्य पर्यटन जील्लाको आर्थीक क्रियाकलापमा वृद्धि गराउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उद्धघाटन समारोहमा कला घर सिन्धुलीका कलाकाहरु, लगायत स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । ११ दिन सम्म सञ्चालन हुने फुड फेस्टीवले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा स्थानीय परिकारको प्रचार प्रसार गर्ने उदेश्यले फुड फेस्टिवल आयोजना गरिएको आयोजकले बताएको छ । 


फेस्टीवलमा नेपाली परिकार तथा अन्र्तराष्ट्रिय खाना स्टल, स्थानीय गन्तव्यहरुको प्रचार तथा जानकारीमूलक प्रदर्शनी, बालबालिकाको लागि खेल, झुलाको साथमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यंग्य सहितका मनोरन्जनात्मक प्रस्तुती रहने ब्रदरहुड इभेन्ट एण्ड इन्टरटेन्मेन्ट सिन्धुलीले जनाएको छ । फुड फेस्टिभलमा सिन्धुलीको पहिचान झल्काउने स्थानिय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ । फुड फेस्टिवलमा आज सिर्जना खत्री, कमल खत्री, बालचन्द्र बराल, बिनय कार्की, सितल शर्मा र विश्वराम कार्कीको प्रस्तुती रहने छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा