उद्योग वाणिज्य संघ सिन्धुलीले पूर्व कार्यसमितिलाई धन्यवाद संगै नयाँ बर्षको शुभकामना आदान प्रदान

-
सिन्धुली, बैशाख ११, २०८१ बिहिबार ।
-
-
गएको चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं. उद्योग वाणिज्य दिवसको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वमा उत्कृष्ट योगदान गरेबापद उद्योग वाणिज्य संघ सिन्धुलीलाई प्रधान मन्त्री केपि शर्मा ओली द्धारा सम्मानित गरिएको थियो । यस अघिको कार्यसमितिहरुको उत्कृष्ट योगदानको कारण सम्मान प्राप्त भएकाले धन्यवाद ब्यक्त कार्यक्रम गरिएको हो । -
उद्योग वाणिज्य संघ सिन्धुली स्थापना देखि हाल सम्म संस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रहयोग गर्ने तथा योगदान पुर्याउने ब्यक्तित्वहरुले गर्दा यो सम्मान प्राप्त गरिएको अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । यो सम्मान प्राप्त गर्नुभनेको सबैले संस्थाप्रति गरेको योगदानको मुल्यांकन भएको उहाँले बताउनुभयो । -
रक्तदान, विपदमा राहत वितरण, जिल्लाको लागि दमकल खरिद लगायत बिभिन्न सामाजिक काममा महत्वपूर्ण भूमिका निर्वाह गरिएकाले यो सम्मान सिन्धुली जिल्लाले पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । साथै आगामी दिनमा उद्योगी ब्यापारी सहित समग्र जिल्ला बासीको हितका लागि बिभिन्न सामाजिक काममा लाग्ने बताउदै यस्ता काममा सबैको साथको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया
सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख

सिन्धुलीमा फुड फेस्टिवल २०८२ सुरु
सिन्धुली, बैशाख १२, २०८१ शुक्रबार । सिन्धुलीमा “पर्यटन सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिवल २०८२” सुरु भएको छ । ब्रदरहुड इभेन्ट एण्ड

हरिहरपुरगढी गाउँपालिका ७ मा सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिमको उद्घाटन
सिन्धुली, बैशाख ११, २०८१ बिहिबार । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ मा सिलाई वुनाई व्यवसाय सम्बन्धी सिप विकास तालिमको उद्घाटन गरिएको छ ।
प्रतिकृया दिनुहोस