उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया

RadioSiddhababa

सिन्धुली, बैशाख १२, २०८२ शुक्रबार ।


उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले जिल्ला स्तरका सरोकारवाला हरुसंग अन्तरक्रिया गरेको छ । कार्यालय प्रमुख ध्रुव प्रसाद ढकालको अध्यक्षता तथा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो । चालू आर्थिक बर्षमा हाल सम्म भएका कामको समिक्षा गर्दै आगामी आर्थिक बर्षमा कार्यालयले गर्नुपर्ने सेवा प्रवाह र कार्यक्रमको बिषयमा छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।


कार्यक्रमको अवसरमा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले चालू आर्थिक बर्षको चैत महिना सम्म कार्यालय बाट प्रवाह भएका सेवाको बिषयमा जानकारी गराउनुभएको छ । जिल्लामा अहिले ५ हजार ६ सय एउटा उद्योग तर्फ र ४ हजार २ सय ६५ वटा वाणिज्य तर्फका ब्यवसायहरु कार्यालयमा दर्ता रहेको प्रमुख ढकालले जानकारी दिनुभयो । कार्यालयले चालु आर्थिक बर्षको चैत मसान्त सम्म बिभिन्न शिर्षकमा ७० लाख राजस्व संकलन गरेको छ ।


कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्की, उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ लगायतले जिल्लामा उद्योग धन्दाको कमी भएकाले संम्भावित उद्योग हरु स्थापना गर्नुपर्ने, जिल्लाको एक मात्रै शितभण्डार बन्द अवस्थामा रहेकाले त्यसलाई संचालन गर्न पहल गर्नुपर्ने, महिलाहरुले उद्योग दर्ता गराउदा सहुलियत हुनुपर्ने, राजश्व छुट हुनुपर्ने आवश्यकताका आधारमा सिटिभिटि लेबलको सिप बिकास तालिम प्रदान गर्नुपर्ने लगायतको माग सहित भनाई राखीएको थियो ।


सहभागिहरुको भनाई लाई सम्बोधन गर्नुहुदै बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले जिल्लामा मागमा आधारित कार्यक्रम हरु ल्याउने बताउनुभएको छ । अहिले प्रदेश सरकारको बजेट बनाउने समय पनि भएकाले जिल्लाको मागहरुलाई सम्बोधन गर्ने किसिमको बजेट बिनियोजन गर्ने उहाँले बताउनुभयो । कमलामाई नगरपालिका ४ मा बन्द अवस्थामा रहेको शित भण्डारको संचालनको लागि आवश्यक पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । जिल्लामा उद्योग स्थापनाको लागि सम्भावित क्षेत्रको पहिचान गरि बजेट बिनियोजन गर्ने उहाँको भनाई छ । 


कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मातृका भट्राई, जिल्ला समन्वय समिति प्रमुख कार्साङ लामा सहित उद्योग तथा बाणिज्य संग सम्बन्धीत ब्यवसायीहरु, जिल्लाका बिभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा