फिक्कल गाउँपालिका वडा नं. ३ बालमैत्री वडा घोषणा हुँदै

RadioSiddhababa

सिन्धुली, बैशाख ११, २०८१ बिहिबार ।


सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । यहि बैशाख १५ गते एक विशेष समारोहका बीच फिक्कल गाउँपालिका वडा नं. ३ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको हो । वडालाई बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ५१ सूचकहरू पूरा भइसकेको र अनुगमन पश्चात् अनुमती दिने निकाय बाट अनुमती प्रदान भयकोले वडालाई सरकार द्वारा निर्धारित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष टेक बहादुर रजन मगरले जानकारी दिनुभयो ।


यसअघि फिक्कल गाउँपालिका वडा नं. ५ लाई बालमैत्री वडा घोषणा गरिसकिएको छ  भने वडा नं. ३ फिक्कल गाउँपालिकाको दोस्रो बालमैत्री वडा बन्ने तयारीमा छ । बालमैत्री वडा घोषणाको तयारी अन्तर्गत बालमैत्री स्थानीय शासन सम्बन्धी तालिमहरू, विभिन्न सरोकारवालाको सहकार्य, बाल क्लब सञ्जाल, अभिभावक, शिक्षक र स्वयंसेविका हरूको सक्रिय सहभागिता रहँदै आएको छ । 


वडा नं. ३ को प्राङ्गणमा आयोजना गरिने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यता रहने छ । बाल अधिकारको संरक्षण, बालमैत्री सेवा प्रवाह, सहभागिता र सुरक्षित वातावरण निर्माण गर्ने उद्देश्यले गरिने यो कार्यक्रममा स्थानीय बालबालिकाहरूको प्रतिभा प्रदर्शन, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, र र्याली पनि समावेश गरिनेछ । कार्यक्रमका क्रममा वडा नम्बर ३ लाई बालमैत्री वडा बनाउन अहिले सम्म सहयोग र योगदान पु¥याउने व्यक्तित्वहरू तथा संस्थाहरूलाई विशेष सम्मान पनि प्रदान गरिने आयोजकले जनाएको छ । 


वडालाई बालमैत्री घोषणा गर्नको लागि रिलिफ नेपाल, वल्र्ड भिजन, सिड्स नेपाल लगायतका साझेदार संस्थाहरूको उल्लेखनीय सहयोग रहेको छ । यो घोषणाले केवल वडा नं. ३ मा बाल अधिकार र सुरक्षालाई सुदृढ बनाउनेछ, र समग्र गाउँपालिकामा बालमैत्री अवधारणाको प्रभावकारी कार्यान्वयनतर्फ पनि मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा किशोरी सम्मेलनको आयोजना

सिन्धुली, बैशाख २७, २०८२ शनिबार । सिन्धुलीमा किशोरी सम्मेलन गरिएको छ । प्लान नेपालको सहयोगमा जनजाती समाज विकास कार्यक्रम जेएसडिपि सिन्धुलीले

RadioSiddhababa

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

RadioSiddhababa

तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढीले सेवा लिए

सिन्धुली, बैशाख २६, २०८२ शुक्रबार । हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित तीन दिने निःशुल्क दाँत तथा आँखा शिविर बाट एक हजार भन्दा बढी स्थानीयले सेवा